चिनियाँ पाइलट अयोग्य भएको भन्दै श्रीलंकाबाट पाइलट ल्याउने तयारीमा वायुसेवा निगम
काठमाडाै १०, जेष्ठ । नेपाल वायुसेवा निगमले चिनियाँ वाई-१२ ई जहाज उडानका लागि ल्याउन लागेका क्याप्टेनहरु अयोग्य भएको भन्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।
चिनियाँ पाइलटसँग कमर्सियल पाइलट लाइसेन्स (सीपिएल) बाहक मात्रै भएको भन्दै अनुमति दिन अस्विकार गरेको जनाइएको छ ।
प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । यसअघि पनि चिनियाँ पाइलट सम्वन्धि विभिन्न समाचार आएका थिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि एटीपीएलबाहकलाई मात्र अनुमति दिनको लागि संसारभर नियम लगाउने गरेको छ । तर चिनियाँ जहाज उडान गर्न पाइलट अभाव खेपिरहेको निगमले ल्याउन लागेको तीन चिनियाँ पाइलटसँग सीपीएल लाइसेन्समात्रै रहेको पाइएको थियो ।
निगमले चिनियाँ जहाज उडाउन ल्याउन लागेका तीन पाइलटको नेपालको नागरिक उड्डयन नियमावली तथा पाइलटको कार्यविधि विपरित रहेको भन्दै अनुमति नदिएको हो ।
“चिनियाँ पाइलटको योग्यता नेपालको मापदन्डअनुसार नमिलेपछि चिनियाँ पाइलट ल्याउने रद्द गरेर श्रीलंकाबाट ल्याउने प्रक्रिया अगाडि बढाएका छौ,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । श्रीलंकामा पनि वाई १२ ई जहाज उडान भइरहेकाकोले त्यहाँका तीन क्याप्टेनले चासो दिएकोले पत्रचार भइरहेको कंसाकारले जानकारी दिए ।
निगमसँग हाल ४ थान जहाजका लागि २ जनामात्र क्याप्टेन रहेका छन् । वाई १२ ई को लागि क्याप्टेन उद्धव घिमिरे र नृपेन्द्र भट्टराईमात्रै छन् । कोपाइलट र अन्य जहाज उडाउने पाइलटले पनि वाई–१२ई जहाज उडाउन पाउँदैनन् । अन्तर्राष्ट्रिय प्रचलनमा दुई जहाजका लागि पाँच पाइलट र पाँच कोपाइलट चाहिन्छ । निगमले एक नेपाली प्रशिक्षक पाइलट (आइपी) निमानुरु शेर्पालाई पुनः भित्र्याएको छ । ग्रिनकार्डधारीको आरोप लगाउँदै हटाइएका उक्त आइपी शेर्पालाई पुनः फर्काउन लागिएको हो । शेर्पाको अनुमतिका लागि प्राधिकरणमा निगमले पत्र पठाएको छ ।
सम्बन्धित समाचारहरु:
कर्णालीमा नियमित तालिकामै उडान भर्लान त एयरलाइनस कम्पनीले
असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












