धनगढीमा गोली प्रहार गरि ९ लाख लुटेर भागेका दुईजना नगदसहित पक्राउ
कैलाली १३ जेष्ठ। कैलालीको धनगढी चाैराहमा निर्मल कार्कीमाथी गोली प्रहार गरेर फरार ९ लाख लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले कैलालीको गेटाबाट पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुबाट ९ लाख रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेकाहरुबाट सो रकम बरामद भएपनि हतियार भने बरामद नभएको प्रहरी नायव उपरिक्षक हरीबहादुर वलीले बताए ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढीमा लगिएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन ।
सिद्धार्थ बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना अपरिचित ब्यक्तिले धनगढी आईएमईमा कार्यरत निर्मल कार्कीमाथि गोली प्रहार गरि रकम लुटेका हुन् ।
गोली प्रहारबाट ग्लोबल आईएमई बैंकमा कार्यरत कार्की घाइते भएका छन् । कार्कीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईतेको दायाँ हातमा गोली लागेर हड्डी टुक्रा–टुक्रा भएको र छातीको बाहिर सामान्य घाउ भएको प्रारम्भिक रिपोर्टले देखाएका छ ।
सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि रेफर गर्ने तयारी गरिएको छ ।
सम्बन्धित समाचार:
गोली हानेर धनगढीमा ९ लाख लुटपाट
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












