अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका छोरा ठगीमा संलग्न, भेट्ला त प्रहरीले ?
काठमाडाैं १३,जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका छोरा म्यानपावर ठगीमा संलग्न भएको खुलेको छ।
पूर्व प्रधान आयुक्त बस्न्यातका छोराले सञ्चालन गरेको याक्खा ओभरसिज मार्फत् कमल बस्न्यातले वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने गरेको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।
गत बुधवार महाशाखाको टोलीले महाराजगञ्जमा रहेको ओभरसिजमा छापा मारेको थियो। प्रहरीले ओभरसिजका अर्का सञ्चालक भीमबहादुर रोक्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बस्न्यातले सञ्चालन गरेको म्यानपावरबाट प्रहरीले मलेसिया पठाउन लागेका व्यक्तिको ६ सय १ थान राहदानी समेत बरामद गरेको छ।
तीनजनाको लगानी रहेको म्यानपावरका अन्य दुईजना भने फरार रहेका छन्। फरार हुनेमा पूर्व आयुक्तपुत्र बस्न्यात र अमित रोक्का छन्। एसएसपी सिंहले भने- ‘तीनजनालाई नै पक्राउ गर्नेगरी गएका थियौँ तर बस्न्यात र रोक्का भने भेटिएनन्। उनीहरूलाई हामी खोजी गरिरहेका छौं।’
महानगरीय प्रहरी परिसर काठमाडौंले रोक्कालाई जिल्ला अदालतबाट ठगी अभियोगमा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ। बस्न्यातको मोगार्न ह्युमान रिसोर्स कन्सल्टेन्सी पनि रहेको छ। याक्खा म्यानपावरमा बस्न्यातको सबैभन्दा बढी लगानी रहेको प्रहरी अनुसन्धानमा देखिएको छ।
वैदेशिक रोजगारीमा मलेसिया जाने युवाका लागि माइग्रामका नाममा उनीहरूले १ सय २५ रिंगिट(करिब १५ हजार) रुपैयाँ समेत लिएको प्रहरी अनुसन्धानमा देखिएको महाशाखा एसएसपी सिंहले बताए। उनीहरूले विदेश पठाइदिने भन्दै महँगो शुल्क समेत उठाएको देखिएको छ। ‘१० हजारको भौचर बनाउने तर १ लाख २० हजार रुपैयाँ लिने गरेको रंगेहात भेटियो,’- एसएसपी सिंहले भने। २०७३ वैशाखबाट माइग्राम कम्पनीसँग मिलेर याक्खाले ठगीको सुरु गरेको थियो।
मलेसिया जान लागेका युवाहरुले आफुहरुसँग १ लाख ३० हजार रुपैयाँ लिएको तर १० हजारको कागज मात्र गरेको प्रहरीमा लिखित बयान दिएका छन्। २०७२ जेठ २६ गतेको राज्यमन्त्रीस्तरीय बैठकले सातवटा खाडी मुलुकमा जानका लागि १० हजार रुपैयाँ भन्दाबढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।
श्रम रोजगार मन्त्रालयले बायोमेट्रिक, भिएलएस, माइग्राम र जिएससी प्रणाली खारेज गरिसकेको छ। केही दिनअघि मात्र ठगी गरेको आरोपमा विभिन्न ३४ कम्पनीका ४० जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भिएलएनका रामप्रसाद श्रेष्ठ समेत रहेका छन्।
नेकपा एमालेको संरक्षणमा रहेका जिएसजी सर्भिस नेपालका सञ्चालक गोविन्द थपलिया भने अझै पक्राउ पर्न सकेका छैनन्। थपलिया पनि प्रहरीको खोजी सूचीमा छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












