अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका छोरा ठगीमा संलग्न, भेट्ला त प्रहरीले ?
काठमाडाैं १३,जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका छोरा म्यानपावर ठगीमा संलग्न भएको खुलेको छ।
पूर्व प्रधान आयुक्त बस्न्यातका छोराले सञ्चालन गरेको याक्खा ओभरसिज मार्फत् कमल बस्न्यातले वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने गरेको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।
गत बुधवार महाशाखाको टोलीले महाराजगञ्जमा रहेको ओभरसिजमा छापा मारेको थियो। प्रहरीले ओभरसिजका अर्का सञ्चालक भीमबहादुर रोक्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बस्न्यातले सञ्चालन गरेको म्यानपावरबाट प्रहरीले मलेसिया पठाउन लागेका व्यक्तिको ६ सय १ थान राहदानी समेत बरामद गरेको छ।
तीनजनाको लगानी रहेको म्यानपावरका अन्य दुईजना भने फरार रहेका छन्। फरार हुनेमा पूर्व आयुक्तपुत्र बस्न्यात र अमित रोक्का छन्। एसएसपी सिंहले भने- ‘तीनजनालाई नै पक्राउ गर्नेगरी गएका थियौँ तर बस्न्यात र रोक्का भने भेटिएनन्। उनीहरूलाई हामी खोजी गरिरहेका छौं।’
महानगरीय प्रहरी परिसर काठमाडौंले रोक्कालाई जिल्ला अदालतबाट ठगी अभियोगमा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ। बस्न्यातको मोगार्न ह्युमान रिसोर्स कन्सल्टेन्सी पनि रहेको छ। याक्खा म्यानपावरमा बस्न्यातको सबैभन्दा बढी लगानी रहेको प्रहरी अनुसन्धानमा देखिएको छ।
वैदेशिक रोजगारीमा मलेसिया जाने युवाका लागि माइग्रामका नाममा उनीहरूले १ सय २५ रिंगिट(करिब १५ हजार) रुपैयाँ समेत लिएको प्रहरी अनुसन्धानमा देखिएको महाशाखा एसएसपी सिंहले बताए। उनीहरूले विदेश पठाइदिने भन्दै महँगो शुल्क समेत उठाएको देखिएको छ। ‘१० हजारको भौचर बनाउने तर १ लाख २० हजार रुपैयाँ लिने गरेको रंगेहात भेटियो,’- एसएसपी सिंहले भने। २०७३ वैशाखबाट माइग्राम कम्पनीसँग मिलेर याक्खाले ठगीको सुरु गरेको थियो।
मलेसिया जान लागेका युवाहरुले आफुहरुसँग १ लाख ३० हजार रुपैयाँ लिएको तर १० हजारको कागज मात्र गरेको प्रहरीमा लिखित बयान दिएका छन्। २०७२ जेठ २६ गतेको राज्यमन्त्रीस्तरीय बैठकले सातवटा खाडी मुलुकमा जानका लागि १० हजार रुपैयाँ भन्दाबढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।
श्रम रोजगार मन्त्रालयले बायोमेट्रिक, भिएलएस, माइग्राम र जिएससी प्रणाली खारेज गरिसकेको छ। केही दिनअघि मात्र ठगी गरेको आरोपमा विभिन्न ३४ कम्पनीका ४० जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भिएलएनका रामप्रसाद श्रेष्ठ समेत रहेका छन्।
नेकपा एमालेको संरक्षणमा रहेका जिएसजी सर्भिस नेपालका सञ्चालक गोविन्द थपलिया भने अझै पक्राउ पर्न सकेका छैनन्। थपलिया पनि प्रहरीको खोजी सूचीमा छन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












