उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण
ललितपुर, १३ जेष्ठ । काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ ।
वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो ।
हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो । त्यसमा गाडीले फाल्ने धुवाँ बढी पाइएको हो । विभागका उप–महानिर्देशक सफला श्रेष्ठ भन्छन्, “हामीले जडान गरिएको उपकरणले देखाएको नतिजा सार्वजनिक गरेका हौं ।”
उनका अनुसार यो नतिजाका आधारमा अब समाधान खोज्न लाग्नुपर्छ ।
फरक÷फरक संस्थाले वायु प्रदूषणमा कुन÷कुन क्षेत्रको योगदान के कति रह्यो भन्ने विषयमा फरक फरक आँकडा प्रस्तुत गर्दैआएका छन् । एकीकृत तथ्याँकका लागि इसिमोड संस्थासँगको सहकार्यमा विभागले उपकरण जडान गरेको हो ।
विभागले काठमाडौँं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा वायुको अवस्थाबारे जानकारी दिने उपकरण(वायु गुणस्तरमापन स्टेशन) बनाएको छ । यसले काठमाडाँै उपत्यका भन्दा लुम्बिनी क्षेत्रमा बढी वायु प्रदूषित भएको देखाएको छ । उपत्यका बाहिरका पोखरा, धुलिखेल, सौराहा भन्दा काठमाडाैंको वायु बढी प्रदूषित छ
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












