काँठे पुँजीवाद माैलायो: डा. भट्टराई, आखिर के हो त काँठे पुँजीवाद ?
काठमाडौं १४, जेष्ठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा अहिले पुँजीवादको असरको रुपमा काँठे पुँजीवाद मौलाएको बताएका छन् ।
नेपालमा काँठे पुँजीवादको रुपमा कमिसनखोरबाट कमिसन लिने र राज्यसत्ताको दोहन गर्ने प्रवृत्ति देखिएको भन्दै उनले राजनीतिक पार्टीहरु यसकै शिकार भएको बताए ।
नेपालको रानितिक व्यवस्थामा परवर्तन आएपनि सामाजिक, आर्थिक र सांस्कृतिक अवस्ता नफेरिएकाले यसलाई बदल्न हिजोको साम्यवाद र समाजवादले काम नदिने तर्क गरे । ‘हिजोको साम्यवादी र समाजवादी मोडल अब काम लाग्दैन, लोकतन्त्रमा आधारित समाजवादी ध्रुब अबको विकल्प हो ।’
‘उत्तर र दक्षिणबाट नेपालमा पुँजीवादी छाल प्रवेश गरेको छ, तर त्यो नेपालमा काँठे पुँजीवादको रुपमा परिणत भएको छ’ सोमबार काठमाडौंमा नयाँ शक्ति पार्टीको युवा संगठनले गरेको कार्यक्रममा उनले भने ‘राज्य सत्तामा हिजोका क्रान्तिकारी मान्छेहरु पुगेका छन् । तर उनीहरु आसेपासे पुँजीवाद अर्थात् कमिसन खोरबाट कमिसन लिने, आफ्नो मान्छेलाई राज्यका विभिन्न ठाउँमा राख्ने, राज्यसत्ताको दोहान गर्ने प्रवृत्ति देखिएको छ यो काँठे पुँजीवादको अभिव्यक्ति हो ।’
काँठे पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्यका लागि हिजोको उदारवाद र समाजवादले काम नदिने उनले बताए । ‘काँठे पुँजीवाद विश्व पुँजीवादको अंग हो । यसको अन्त्यका लागि हिजोको उदारवादले काम दिन्छ न समाजवादले काम दिन्छ । यस्तोमा नयाँ विचार खोजी गर्नुपर्छ’ भट्टराईले भने ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...












