रिहा भएपछि के भने ढुङ्गेलले ? उनकै शब्दमा…
काठमाडाै १५, जेष्ठ । कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका बालकृष्ण ढुङ्गेल आज रिहा भएका छन् ।
सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारगारबाट छुटेका हुन् ।
ढुङ्गेललाई स्वागत गर्न नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी नेताहरु, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए ।
उनीहरुले माला लगाएर ढुंगेललाई स्वागत गरेका थिए । त्यसक्रममा ढुंगेलले संक्षिप्त प्रतिकृया दिँदै आफू गणतन्त्रका लागि आफ्नो ज्यान रहेसम्म लागिरहने प्रतिबद्धता जनाए ।
के बोले बालकृष्ण ढुङगेलले रिहा पश्चात उनकै शब्दमा
सबैभन्दा पहिला त मेरो गिरफ्तारी र त्यसपछि जेल जीवन विताइराख्दा मप्रति र मैले गणतन्त्रप्रति गरेको योगदानप्रति सद्भाव दर्साएर निरन्तर उत्प्रेरणा दिने साथीहरूप्रति म अभिभादन गर्छु । म रिहाइ हुुनुहुँदैन भनेर जसरी रिट प¥यो, त्यो युद्धमा शान्ति र शान्तिमा युद्ध चाहने, गणतन्त्र नचाहाने र डलरको खेती गर्नेहरूप्रति घृणा गर्दछु ।
एउटा मान्छेले समाज परिवर्तनका निम्ति गरेको त्याग र योगदानको अवमूल्यन गर्दै देशमा गणतन्त्र माग गर्दाखेरी सङ्कटकाल लगाइयो, मलाई हिरासतमा ल्याइयो, त्यहाँ दिएको यातनाले किड्नी ड्यामेज गराइयो ।
त्यतिबेला गणतन्त्र किन मागिस् भनेर किड्नी ड्यामेज गर्ने शेरबहादुर देउवाहरू फेरि गणतन्त्र आएपछि गणतन्त्रका मालिक बने र गिरफ्तार गरेर मलाई जेलमा सडाउने कोसिस गरियो ।
र, अहिले जुन परिदृश्यमा घटनाक्रमहरू विकास भइरहेका छन्, त्यसले गणतन्त्र जसले लडेर ल्यायो त्यसकोे गणतन्त्र अपहरण गर्ने दुस्साहस गरिएको छ । म र मेरो ज्यान रहेसम्म गणतन्त्र अपहरण गर्न दिने छैन । म आफ्नो कर्तव्यमा लागिरहने छु । म अहिले त्यति धेरै खुशी र धेरै निराश पनि छैन । यो एउटा सङ्घर्षको जीवन हो । यस क्रममा फेरि मेरो कारागार बाहिरको जीवन सुरु भएको छ ।
आगमी दिनमा म यो देशको समृद्धिका लागि पार्टीले दिएको जिम्मेवारीलाई मेरो क्षतमाले भ्याएसम्म पूरा गर्नेतर्फ लाग्नेछु । यो द्वन्द्व व्यवस्थापन र राज्यको समृद्धिका लागि, समाज, न्याय, समानता र स्वतन्त्रताका लागि लाग्नेछु । आज फेरि पनि डलरवादीहरूले मलाई मैदानमा आउन नदिनका लागि दुस्साहस गरे, त्यसका विरुद्ध सरकारले पनि आँट गरेको छ । त्यसका लागि सरकारलाई पनि धन्यवाद दिन चाहन्छु ।
यो देश केही डिजाइनमा, एक थाल भातमा बिक्री हुने पत्रकार, एक थाल भातका निम्ती कालो कोट लगाएर अदालत धाउने कथित वकिलहरूलाई राज्यले बुझ्नुपर्छ । बालकृष्ण ढुङगेललाई सजाय भुक्तान गरिसकेपछि पनि छोड्नु हुँदैन भनेर रिट हाल्दा म सर्वोच्च अदालतालाई सम्मान गर्छु तर त्यो रिट खारेज हुनुपथ्र्यो । यति लामो बहस गरिराख्नुपर्ने विषय थिएन भन्ने मेरो बुझाइ छ । यो फेरि मेरो अदालतप्रतिको अपमान होइन । मेरो अनुरोध थियो, यो सुरुमै खारेज हुनुपथ्र्यो ।
यत्रो नौटङ्की गर्नुपर्ने र दिनेश त्रिपाठीजस्ता मान्छेलाई यत्रो फोरम दिनुपर्ने अवस्था होइन । यो देश सङ्कटकालमा लपेटिँदै गर्दा दिनेश त्रिपाठीहरू कसका जुत्ता चाट्दै थिए भन्ने प्रश्न छ । अभिभादन ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












