पासाङल्हामु सडक एकाइ कार्यालय स्थापित
रसुवा, १६ जेष्ठ । त्रिशूली–सोमदाङ सडक निर्माण भएयता रसुवाको सडक रेखदेखका लागि मंगलबारदेखि धुञ्चेमा एकाइ स्थापना भएको छ ।
डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार १०५ किलोमिटरको पासाङल्हामु राजमार्गमा बढ्दो सवारीचाप र ग्राङ–राम्चे क्षेत्रको जीर्ण सडकलाई ध्यानमा राखी नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धिमा सहज पार्न धुञ्चेमा स्थापित सो एकाइ जिल्ला शिक्षा कार्यालयको खाली भवनमा राखिएको बताइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टलेविसं २०४२ मा बनेको सो सडकमा नयाँ एकाइ कार्यालय स्थापनाले अब नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न र सडक मर्मतसम्भारमा मद्दत मिल्ने बताउनुभयो । सडक एकाइमा इञ्जिनीयरसहित दुई प्राविधिक रहनेछन् । बेत्रावतीदेखि रसुवागढीसम्मको पूरै सडक नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
मैलुङ बन्द
स्याफ्रुबेंसी–मैलुङखण्डको १७ किमी डबल लेन सडक खुल्ने कार्य सम्पन्न भई नेपाली सेनाले यही जेठ ६ गतेदेखि हस्तान्तरण गरेको बाटो हाल बन्द गरिएको छ । नयाँ मार्ग खोलिएका ठाउँमा ढुङ्गा खसी दुर्घटना हुने सम्भावना र अवैध गतिविधि बढ्न सक्ने भएकाले नयाँ सुरक्षाचौकी स्थापना नभएसम्मका लागि बन्द गरिएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए ।
नयाँ खोलिएको सडकमा नाली, टेवा पर्खाललगायतका काम अगाडि बढाइन लागेको गल्छी–मैलुङ–स्याफ्रु सडक सुधार आयोजनाका प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












