संगठन सुदृढीकरण अभियानमा तरुण दल
बागलुङ, १६ जेष्ठ । तरुण दल बागलुङले संगठन सुदृढीकरण अभियान थालेको छ ।
युवा संगठनलाई सशक्त र जागृत बनाउन अभियान थालिएको तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले बताए ।
उनका अनुसार जिल्लाका सात स्थानीय तहमा तरुण दलको भेला र अधिवेशनबाट नयाँ नेतृत्व निर्माण भएको छ । बाँकी तीन स्थानीय तह बरेङ, ताराखोला र तमानखोला गाउँपालिकामा जेठभित्रै संगठन विस्तार गरिनेछ ।
“स्थानीय तहअनुसार संगठन विस्तार गरिरहेका छौ”, उहाँले भन्नुभयो, “वडा तहसम्मै संगठनका सक्रिय कमिटी बन्छन् ।” यसअघि गाविसस्तरमा बनेका तरुण दलका कमिटीहरु अधिकांश निष्क्रिय अवस्थामा थिए ।
संगठन विस्तारसँगै सशक्तीकरणलाई पनि सँगै जोडेर लगिएको तरुण दलले जनाएको छ । जिल्लास्तरका नेताहरुको उपस्थितिमा राजनीतिक प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमपनि चलाइएको छ ।
युवालाई सशक्तीकरण गर्दै राजनीतिक गतिविधिमा सक्रिय बनाउने योजना तरुण दलको छ ।
नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले भ्रातृ तथा शुभेच्छुक संगठनलाई जागृत गराउन पार्टी लागिपरेको बताए । उनले तरुण तलको संगठन विस्तार र सशक्तीकरण अभियानले पार्टी थप बलियो र सशक्त हुने धारणा राखे । “नेपाली काँग्रेसको सशक्त संगठनमा तरुण दल पर्छ”, उनले भने, “भ्रातृ संगठन बन्नु भनेको पार्टी बन्नु हो ।”
सबै भ्रातृ संगठनहरु सशक्त नभएसम्म पार्टी निर्माण नहुने उहाँको भनाइ छ । उनले तरुण दलसँगै नेपाल विद्यार्थी संघ, महिला संघ, भूपू सैनिक संघलगायतका भ्रातृ तथा शुभेच्छुक संगठनलाई स्थानीय तहमा विस्तार गरिने पनि बताए ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












