संगठन सुदृढीकरण अभियानमा तरुण दल
बागलुङ, १६ जेष्ठ । तरुण दल बागलुङले संगठन सुदृढीकरण अभियान थालेको छ ।
युवा संगठनलाई सशक्त र जागृत बनाउन अभियान थालिएको तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले बताए ।
उनका अनुसार जिल्लाका सात स्थानीय तहमा तरुण दलको भेला र अधिवेशनबाट नयाँ नेतृत्व निर्माण भएको छ । बाँकी तीन स्थानीय तह बरेङ, ताराखोला र तमानखोला गाउँपालिकामा जेठभित्रै संगठन विस्तार गरिनेछ ।
“स्थानीय तहअनुसार संगठन विस्तार गरिरहेका छौ”, उहाँले भन्नुभयो, “वडा तहसम्मै संगठनका सक्रिय कमिटी बन्छन् ।” यसअघि गाविसस्तरमा बनेका तरुण दलका कमिटीहरु अधिकांश निष्क्रिय अवस्थामा थिए ।
संगठन विस्तारसँगै सशक्तीकरणलाई पनि सँगै जोडेर लगिएको तरुण दलले जनाएको छ । जिल्लास्तरका नेताहरुको उपस्थितिमा राजनीतिक प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमपनि चलाइएको छ ।
युवालाई सशक्तीकरण गर्दै राजनीतिक गतिविधिमा सक्रिय बनाउने योजना तरुण दलको छ ।
नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले भ्रातृ तथा शुभेच्छुक संगठनलाई जागृत गराउन पार्टी लागिपरेको बताए । उनले तरुण तलको संगठन विस्तार र सशक्तीकरण अभियानले पार्टी थप बलियो र सशक्त हुने धारणा राखे । “नेपाली काँग्रेसको सशक्त संगठनमा तरुण दल पर्छ”, उनले भने, “भ्रातृ संगठन बन्नु भनेको पार्टी बन्नु हो ।”
सबै भ्रातृ संगठनहरु सशक्त नभएसम्म पार्टी निर्माण नहुने उहाँको भनाइ छ । उनले तरुण दलसँगै नेपाल विद्यार्थी संघ, महिला संघ, भूपू सैनिक संघलगायतका भ्रातृ तथा शुभेच्छुक संगठनलाई स्थानीय तहमा विस्तार गरिने पनि बताए ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











