स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब
काठमाडौँ, १६ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ ।
संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
स्थानीय तहमा सरुवा भएका कर्मचारी त्यहाँ नजाने गरेकाले सम्बन्धित स्थानीय तहमा तलब पठाएर जान बाध्य पार्नका लागि मन्त्रालयले यस्तो योजना ल्याएको उहाँले स्पष्ट गर्नुभयोे । अहिले केन्द्रबाट सरुवा भएर गएका कर्मचारीले तलब केन्द्रबाट तलब लिने गरेका छन् ।
‘‘तलब संघबाट र काम स्थानीय तहमा हुने भएकोले धेरै कर्मचारी अझै जान मानेका छैनन्’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले जहाँ खटिएका छन् त्यहीँ तलब पठाउने हो भने कर्मचारी तलबका लागि भए पनि स्थानीय तहमा जान्छन् । ’’
उहाँका अनुसार आउँदो आर्थिक वर्षदेखि स्थानीय तहमा दरबन्दीअनुसार करीब ५७ हजार कर्मचारीको तलब सम्बन्धित स्थानीय तहमा पठाइने छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












