उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने
बेइजिङ, १६ जेष्ठ । उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ ।
अमेरिकाको लागि हिँड्नुभएका उहाँ बुधबार बेइजिङ पुग्नुभएको र यहाँका अधिकारीसँग आवश्यक परामर्श भेट गर्नुभएको बताइएको छ । उहाँले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी गराएको बताइएको छ ।
आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने तय भएको छ । सोही प्रयोजनका लागि उनी त्यसतर्फ लागेका हुन् ।
चीनको राजधानी बेइजिङ्स्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई चिनियाँ अधिकारीले स्वागत गरेका थिए । जर्नेल किम उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र पनि हुन् ।
दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले उनले चिनियाँ अधिकारीसँग भेटवार्ता गरेको समाचार दिएको छ ।
उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली जर्नेलले अमेरिका र उत्तर कोरियाकाबीच हुनलागेको सो शिखर वार्ताको बारेमा चिनीयाँ अधिकारीसँग परामर्श गरेका थिए ।
बुधबार नै अमेरिका जाने
उत्तर कोरियाली अधिकारी किम यसै वार्ताको आवश्यक तयारीका लागि उत्तर कोरियाली नेता किमको विशेषदूतका रुपमा बुधबार अमेरिकाका लागि प्रस्थान गर्ने बताइएको छ ।
प्राप्त समाचारअनुसार उनले यस विषयमा चिनियाँ अधिकारीलाई जानकारी गराएर अमेरिकी अधिकारीसँग भेटवार्ताका लागि अमेरिका प्रस्थान गर्ने छन् ।
अमेरिकामा रहँदा उनले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँग आवश्यक भेट र परामर्श गर्ने छन् । सो कुराको जानकारी अमेरिकाले दिएको छ ।
उता आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली अधिकारी चोल अमेरिका आउँदै गरेको बताएका छन् । उहाँले बुधबार ट्वीट गर्दै उत्तर कोरियाली अधिकारी अमेरिका आउँदै गरेको र उनीहरु बाटोमै रहेको जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












