सेनाले फास्ट ट्र्याक बनाउन सक्दैन: हृदयेश त्रिपाठी
करदाताको संख्या बढाउनुुपर्नेमा करको दायरा बढाइयो
काठमाडौं १७, जेष्ठ । सत्तापक्षकै सांसद हृदयेस त्रिपाठीले बजेट कार्यन्वयन चुनौतिपुर्ण रहेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा आजबाट सुरु भएको बजेटमाथिको छलफलमा भाग लिदै सांसद हृदयेश त्रिपाठीले नेपालको विकास खर्च गर्न सक्ने संयन्त्र गतिलो नभएकाले विकास खर्च गर्ने प्रकृया बदल्न आग्रह गरे । ‘गैरबजेटरी खर्च रोक्न आग्रह गर्छु यसले विकृति ल्याउने भएकाले त्यो रोक्नुपर्छ ।’
त्यस्तै त्रिपाठीले करदाताको संख्या बढाउनुुपर्नेमा करको दायरा बढाएको पनि बताए । ‘५ लाखलाई रोजगारी दिने कुरा अलि अपत्यारीले हो कि भन्ने लाग्छ । काठमाडौ उपत्यकामा मेट्रो उपयुक्त हुन्छ । मनोरेल वाहियात हो ।’
त्यस्तै त्रिपाठीले फास्ट ट्रयाक नेपाली सेनाको नेतृत्वमा बन्नै नसक्ने दावी गरे । उनले भने सेनाको नेतृत्वमा फास्ट ट्रयाक बन्नै सक्दैन, यसमा सरकार गम्भीर बनोस । सेनाको क्षमता नै छैन ।’
उनले बैंक व्याज खाने संस्था मात्रै भएको भन्दै मनोमानी ब्याज बढाउने बैंकहरुमाथि राष्ट्र बैंकले हस्तक्षप गर्नुपर्ने धारणा राखे ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











