विवादित कुराको चर्चा: जुन १२ मा ट्रम्प-किम शिखर वार्ता पक्का
काठमाडाैं १९, जेष्ठ । रद्द गरिएको एक हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर बैठक पूर्वनिर्धारित समयमै हुने बताएका छन्। एकजना उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा भेटेपछि उनले यस्तो बताएका हुन्।
ती दूत किम यङ-चोलले उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका थिए।शुरूमा ट्रम्पले त्यो पत्र निकै चाखलाग्दो भनेर व्याख्या गरे। तर पछि उनले पत्र खोलिनसकेको बताए।
ट्रम्पले शिखर बैठक एउटा शुरूवात मात्रै भए पनि अन्ततोगत्वा त्यो सफल हुने आफ्नो विश्वास रहेको बताए। उनले उत्तर कोरियासँगको सम्बन्ध बनिरहेको र त्यो निकै सकारात्मक रहेको उल्लेख गरे।
बीबीसीका वाशिङटन संवाददाता एन्थोनी जर्चर भन्छन्, यो ट्रम्पको कूटनीति हो। विश्वले यस्तो अपेक्षा गरेको हुँदैन। ‘हामीले यस्तो खालको शासनसत्ता विगतमा कहिल्यै देखेका थिएनौँ। किनभने ट्रम्प विगतमा चुनिएका अमेरिकी राष्ट्रपतिभन्दा नितान्त फरक छन्।’
शुरूमा ‘आगो र क्रोध’ सम्बन्धदेखि ‘लामो समययताकै सबैभन्दा राम्रो सम्बन्ध’ भनेर ट्रम्पले भनिरहँदा शिखर बैठक पहिले आयोजना हुने र त्यसपछि नहुने भनियो। अहिले आएर फेरि हुने भनिएको छ।
ऐतिहासिक वार्ताहरू गरिरहँदा ट्रम्पले पत्रकारहरूसँग पूर्वयोजना विनाकै १६ मिनेट लामो सवाल-जवाफको सत्र बिताएका थिए र विश्वको ध्यान आफूतिर खिचेका थिए।
कानून पारित गर्न गाह्रो छ। अझ रुसले चुनावमा गरेका भनिएका हस्तक्षेपविरूद्धको अनुसन्धान झेल्नु आवेगपूर्ण छ। तर ह्वाइट हाउसमा ‘उत्तर कोरियाका दोस्रा वरिष्ठ नेता’लाई स्वागत गर्नु तुलनात्मक रूपमा सजिलो छ।
ट्रम्पले भइरहेका प्रगतिको स्वागत गरे पनि उनले आगामी शिखर बैठकबाट गरिएका अपेक्षाहरूलाई भने कमै रहन थिए। त्यसक्रममा उनले शिखर बैठक एउटा भव्य हस्ताक्षर समारोहमा रुपान्तरण हुनेछ भनेर अपेक्षा नगरिएको बताए।
अहिले सिंगापुर बैठक पहिलो पाइला मात्रै हुने देखिन्छ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











