सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’
भीमदत्तनगर, २० जेष्ठ । सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ ।
सशस्त्र प्रहरी बल मुख्यालयको नीति÷निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण एवं सीमाको रेखदेखका लागि फोर्च मार्च गस्ती थालिएको बताए ।
“उस्तै पनि सीमा क्षेत्रमा यहाँ विविध कारणले हाम्रो सहभागिता कम छ,” उनले भने– “पहुँच नभएको ठाउँमा पनि निगरानी बढाउन यो गस्ती शुरु गरिएको हो ।”
उनले हरेक महिना यहाँको सीमाक्षेत्रमा नियमित रुपमा गस्ती गरिने बताए । आइतबारबाट बेल्डाँडी हुँदै नेपाल–भारत सीमा क्षेत्र गस्ती गर्र्दै कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म पुग्ने छ ।
“पहुँच नभएको ठाउँमा हामी राति बसेर पनि गस्ती गछौँं,” उनले भने–“यो गस्ती निकै प्रभावकारी हुनेमा आशावादी छौंँ ।” उक्त गस्ती टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बोहराले गरेका छन् ।
हाल कञ्चनपुरमा दुईवटा मात्रै सशस्त्र प्रहरीको सीमा क्षेत्रमा बोर्डर सुरक्षा पोष्ट रहेको छ । महाकाली नगरपालिकाको दोधारा– चादँनी र बेलौरीमा बोर्डर सुरक्षा पोष्ट रहेपनि यहाँको बेल्डाँडी र ब्रह्मदेव क्षेत्रका साथै पुर्नवासमा समेत सशस्त्र प्रहरीको पोष्ट स्थानीयवासीले माग गर्दै आएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा भारततर्फ सुरक्षाको बाक्लो सहभागिता रहेपनि नेपालतर्फ भने त्यो हुनसकेको छैन ।
Comments
अरु समाचार
-
अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
काठमाडौं । अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४...
-
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
काठमाडौं । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...
-
उदयपुरमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१२ डीएमगेटमा बिहीबार साँझ गाडीको ठक्करबाट एकै घरका दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ । त्रियुगा-११ डीएमगेटबाट...
-
अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु
काठमाडौं । साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज बिहान ३ः४० बजे अनाथालयभित्र बा...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
डबल लेनको बनाउने गरी बिपी राजमार्ग पुनर्निर्माणको ठेक्का लगाउने अन्तिम तयारी
काठमाडौं । गत असोजमा आएको बाढीले भत्किएको बिपी राजमार्गस्थित सिन्धुली तर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ...
-
ठेक्का लगाएको सात बर्षमा पनि रामेछापको कोलन्जोर घाटमा पुल बनेन
जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’का रूपमा रहेको यो पुल...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...