दुई छोरासहित आमा बेपत्ता
म्याग्दी,२१ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् ।
विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा रोहित र सात वर्षीय हेमन्त दरवाङबाट सम्पर्कविहीन भएको कल्पनाका जेठाजु हीरा पुनले बताए ।
आफन्त भएका सबै ठाउँमा खोजीकार्य गरियो, परिवारबाट खोजी गर्दा पत्ता नलागेपछि प्रहरीको सहयोग मागेका छौं,’ पुनले भने ।विगत चार वर्षदेखि दरवाङस्थित केबी एकेडेमीमा छोरालाई पढाउन आएकी कल्पनाको खोजीमा परिवारका सदस्य, आफन्त, माइती पक्षले खोजीकार्यमा सहयोग गर्न अपिल गरेका छन् ।
कल्पनाका श्रीमान् थगेन्द्र रोजगारीको सिलसिलामा यूएईमा छन् ।खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय दरवाङमा निवेदनसमेत दिइएको छ ।
परिवारका सदस्यका अनुसार जेठ १३ गते दरवाङदेखि बेनी आउँदै गरेको बसमा चढेको सूचना आफन्तले पाएका छन् । दरवाङबाट काठमाडौं जाने बसमा चढेको र बेनीमा झरेको यातायात व्यवसायीले प्रहरीलाई जानकारी गराएका छन् । बेनीबाटै कहाँ गएको भन्नेबारेमा कुनै जानकारी नभएको आफन्तको भनाइ छ ।
कल्पना छोरासँगै सम्पर्कविहीन भएपछि परिवारमा रुवाबासी चलेको छ ।
यसैबीच दुईवटा बालकसहित कल्पनालाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत आफन्तले अनुरोध गरेका छन् ।रासस
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












