पिपिआर रोगविरुद्धको सुई दिने कार्य शुरु
वीरगञ्ज – पशु स्वास्थ्य निर्देशनालयको वार्षिक कार्यक्रमअन्तर्गत खसीबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको सुई दिने कार्य पर्सा जिल्लामा शुरु भएको छ ।
जिल्लामा बढी बाख्रापालन हुने क्षेत्रलाई प्राथमिकतामा राखी ९० हजार खसीबाख्रालाई पिपिआर रोगविरुद्धको सुई लगाउने कार्य शुरु भएको जिल्ला पशुसेवा कार्यालय पर्साले जनाएको छ ।
पिपिआर रोग लागेपछि ८० प्रतिशत खसीबाख्रा मर्ने सम्भावना बढेकाले रोग लाग्नुभन्दा रोग लाग्न नदिने उद्देश्यले प्रत्येक वर्षझै यस वर्ष पनि पर्सा जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको प्रमुख डा रामपरीक्षण साहले बताए ।
खसीबाख्रामा यो रोग लागेपछि ज्वरो आउने, मुखबाट ¥याल चुहिने, गिजामा खटिरा आउने, पखाला लाग्नेजस्ता लक्षण देखा पर्ने पिपिआर रोग भाइरसबाट सर्ने एक प्रकारको सरुवा रोग भएको पशु चिकित्सकले बताएका छन् ।
बाहिर खसीबाख्रा ओसारपोसार गर्दा यो रोग अन्य पशुमा सर्ने सम्भावना बढी हुने जनाइएको छ । बढी गर्मी हुने ठाउँमा यो रोगको सम्भावना अत्यधिक भएकाले रोकथामका उपाय अपनाइएको छ ।
यसैबीच गाईभैँसीमा लाग्ने भ्यागुते तथा चरचरे रोगविरुद्धको सुई दिने कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमअन्तर्गत २५ हजार गाइभैँसीमा भ्यागुते तथा चरचरे रोगविरुद्धको सुई दिने लक्ष्यअनुरुप सो कार्यक्रमसमेत सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालय पर्साले जनाएको छ ।रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












