नेपाली जनताले भोकै मर्नु पर्दैन: प्रधानमन्त्री ओली
हटौँडा २१, जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताएका छन् ।
प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले भने, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ ।”
प्रधानमन्त्री ओलीले भने, “नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देशका जनताका लागि सरकार छ ।”
हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने उल्लेख गर्दै उनले समाजवाद उन्मुख समाजमा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान, लाउन, बस्न, पढ्न पाउनेजस्ता आधारभूत अधिकार समानरुपमा उपयोग गर्न पाउने अवस्थाको विकास गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले समानुपातिक, समावेशी, आरक्षणजस्ता अधिकारको व्यवस्था गरेको बताउँदै तराईका जनताका लागि ‘जनता आवास कार्यक्रम’ लाई प्रभावकारी तरिकाले अगाडि बढाउने काममा सरकारको ध्यान केन्द्रित भएको धारणा व्यक्त गरे ।
छिमेकी राष्ट्रसँग अनुचित सम्झौता नगरी नरम उचाइका साथ सार्वभौमसत्ताको संरक्षण गर्न सरकार लागेको बताउँदै उनले मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, आन्तरिक हस्तक्षेप, राष्ट्रिय हितविपरीत कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सरकारको ध्यान सुखी नेपाली बनाउने र पाँच वर्षको नयाँ अभ्यासमा नेपाललाई पूर्णरुपमा आर्थिक समृद्धिको उचाइमा पुयाउनेछ बताए ।
जनताले मन पराउने काम गर्नुस्
प्रधानमन्त्री ओलीले जनताले मन पराउने गरी काम गर्न सम्पूर्ण प्रदेश सांसदलाई निर्देशन दिए ।
उनले भने, “जनताले मन पराउने गरी काम गर्नुस्, मन नपराउने काम नगर्नुस्, जनताप्रति उत्तरदायी हुने गरी काम गर्नुस् ।”
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनतासँग टाढाबाट नभई नजिकबाट हेर्न आग्रह गर्दै नजिकबाट जनताले हेर्दा जनप्रतिनिधि धब्बारहित हुनुपर्नेमा जोड दिए ।
नेपालबाट निरक्षरता अन्त्य गर्ने
मुलुकबाट निरक्षरताको अन्त्य गरिन्छ, उनले भने, “अहिले सुन्दा कतिपय कुरा काल्पनिकजस्तो लाग्न सक्छ, अब निरक्षर भनेको पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा मात्र हुनेछन्, नेपालबाट निरक्षरताको अन्त्य गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा पाँचदेखि १२ लाख विद्यार्थी विद्यालय बाहिर भएको अवस्थामा जुम्लाबाट साक्षरता अभियान शुरु गरेपछि हाल करीब ५९ हजारमात्र विद्यालय बाहिर विद्यार्थी रहेको उल्लेख गर्दै अर्को आर्थिक वर्षमा बाँकी छुटेका विद्यार्थीलाई पनि विद्यालय भर्ना गर्ने बताए ।
उनले आगामी असार १५ सम्म विद्यालय भर्नाको दोस्रो चरणको अभियान शुरु गरेको हुँदा यो अभियानले पनि धेरै विद्यार्थीलाई समेट्ने विश्वास व्यक्त गरे ।
भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ
प्रधानमन्त्री ओलीले सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिदैं जनताका लागि काम गर्ने प्रणालीको विकास भएको हुँदा अब मुलुकमा सुशासन जरुरी भएको बताए ।
उनले भने, “सुशासनका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्छ, भ्रष्टाचार आफू पनि गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ, गरेको थाहा पाएँ भने अनुहार हेर्दिनँ, चाहे आफ्नो पार्टीको होस् वा अर्को पार्टीको होस् ।”
प्रधानमन्त्री ओलीले व्यवसायका नाममा भएका सिन्डिकेट तोडिएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि अन्य क्षेत्रका सिन्डिकेट पनि अन्त्य हुने र त्यसका लागि अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘मुलुक उत्पादनमुखीभन्दा उपभोगमुखी भयो’
विशेष सम्बोधनमा उनले नेपालमा खान, लाउन पुग्ने गरी उत्पादन हुने गरेको भए पनि केही निर्यात र केही आयात हुने गरेको उल्लेख गर्दै बढी मात्रामा उत्पादनमुखीभन्दा पनि उपभोगमुखी हुँदै गएको बताए ।
प्रधानमन्त्री ओलीले भने, “कति अन्न कुहाएर जाँड बनाउँछौँ, अन्न त्यत्तिकै खेर जान्छ, कपडा, जुत्ता, लुगा राम्रो लगाउँछौँ, तर भएका उद्योग बन्द गरेर हामी राम्रो उपभोगमुखी भएका छौँ ।”
कुहिएका माछा (जुन खाँदा १० वर्षमा प्रजनन क्षमता घटाउँछ) र कुहिएका केरा आयात गरी खानु उचित नभएको बताउँदै उनले पानी पिउँदा पुग्ने अवस्थामा रसायन मिसिएका जुस पिउनाले आफ्नो स्वास्थ्य खराब हुनुका साथै उपभोक्तामुखी बानीको आदतसमेत बढ्दै गएको धारणा व्यक्त गरे ।
अब अधिकार सम्पन्न सरकारहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले अनावश्यक रुपमा नचाहिने चिजहरुको पनि आयात भइरहेको र भ्रमपूर्ण पेय पद्धार्थ र जङ्क फुटमा अल्झिएर स्वास्थ्य तथा उपभोक्तामुखी भएर ठूलो घाटा भएको बताउँदै अरबका मुलुकले तेल बेचेजस्तै हाम्रो देशले तरकारी र फलफूलको राम्रो निर्यात गर्नुपर्ने आवश्यकता औंल्याए ।
हेटौंडामा कपडा कारखाना चलाउने
हेटौंडामा बन्द भएका कपडा कारखाना फेरि चलाउने अठोट सरकारले लिएको छ, उनले भने, “कपडा उद्योगका लागि नयाँ मेसिनहरु ल्याउने र त्यसका लागि व्यवस्थापनमा निजी क्षेत्रलाई पनि शेयर दिने सरकारले नीति लिएको छ ।”
प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिकीकरण र औधोगिकीकरण बनाएर समृद्ध मुलुक बनाउने सरकारको लक्ष्य रहेको चर्चा गर्दै नेपालमा कोइलाखानी, सुनखानी, अन्य खनिजहरुको प्रशस्त सम्भावना रहेको बताए ।
उनले धार्मिक, प्राकृतिक, ऐतिहासिक, हिमाल, अनौठा जीवजन्तु नेपालमा रहेको उल्लेख गर्दै यी प्रचुर सम्भावनाहरुको सदुपयोग गर्न सकेमा मुलुकको समृद्धि सुनिश्चित हुने बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











