प्यालेस्टाइनी बालबालिकाको मेस्सीलाई चिठ्ठीः तपाईं हाम्रो पूर्वजको चिहानमा खेल्न आउनुभएको छ ?
विरोधमा मेस्सीको टी–शर्ट जलाउन अपिल
एजेन्सी नौ जूनमा अर्जेन्टिनाको फुटबल टोली इजरायलसँग मैत्रीपूर्ण खेल खेल्दै छ । यो खेल मैत्रीपूर्ण र विश्वकपको तयारीको लागि त हो नै अर्जेन्टिनाका मानिसहरु यसलाई ‘लक्की खेल’को रुपमा हेरिरहेका छन् ।
‘लक्की खेल’ मान्नुको कारण अर्जेन्टिनाले सन् १९८६ मा पनि इजरायल विरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो र त्यो वर्ष ऊ विश्वकप विजेता बनेको थियो ।जुन १४ मा रुसमा विश्वकप खेल शुरु हुँदैछ । उक्त प्रतियोगितामा जानु अघि अर्जेन्टिना इजरायलविरुद्ध मैदानमा आमने सामने हुँदैछ ।
अर्जेन्टिनाका मानिसहरुको लागि राम्रो अनुभूति लिएर आएको यो खेलले प्यालेस्टाइनी नागरिकहरुको भने पुरानो घाउ ताजा बनाइदिएको छ ।७० जना प्यालेस्टाइनी बालबालिकाहरुको एक समूहले अर्जेन्टिनाका प्रमुख खेलाडी लियोनेल मेस्सीलाई एक चिठ्ठी लेख्दै यस खेलमा रद्द गर्न आह्वान गरेका छन् ।
यो खेल टेडी कोलेक रङ्गशालामा खेलिने निर्धारण गरिएको छ । यो रङ्गशाला दक्षिणी जेरुशेलमको मलहामा रहेको छ ।प्यालेस्टाइनी असन्तुष्टीको कारण७० वर्षअघि भएको इजरायल–प्यालेस्टाइनी युद्धको दौरान मलहा नष्ट गरिएको थियो ।सन् १९४८ मा यहाँ बस्ने प्यालेस्टाइनीहरुलाई इजरायली सेनाले यहाँबाट लखेटेका थिए ।
यहाँबाट विस्थापित भएका परिवारका बालबालिकाहरुले लेखेको एक पत्र आइतबार इजरायलमा रहेको अर्जेन्टिनी दुतावास पठाइयो ।त्यस पत्रमा प्यालेस्टाइनी बालबालिकाहरुले आफूहरु त्यस स्थानबाट विस्थापित भएका मानिसहरुको सन्तान भएको दावी गरेका छन् । त्यही स्थानमा हाल रङ्गशाला रहेको छ ।
उनीहरुले लेखेका छन्, “हामीहरुलाई बताइए अनुसार तपाईं आफ्नो साथीहरुसँग मलहा आउनु भएको छ, र, तपाईं त्यो रङ्गशालामा खेल्दै हुनुहुन्छ जहाँ हाम्रो गाउँ नष्ट गरिएको थियो ।”
बालबालिकाहरुले मेस्सी त्यहाँ आउदा खुसी लागेको तर कुनै समय आफ्नो घर भएको स्थानमा खेल्ने कुराले दुःखी भएको पनि लेखेका छन् ।सन् १९८६ मा भएको मैत्रीपूर्ण खेल भने रमत गनमा खेलिएको थियो ।
‘मेस्सीले हाम्रो मन दुखाउँदैनन्’
पत्रमा लेखिएको छ, “तर हाम्रो खुशी आँशुमा बदलिएको छ र हाम्रो मन दुखेको छ । हाम्रो नायक मेस्सी हाम्रो पूर्वजहरुको चिहानमा बनेको त्यो रङ्गशालामा खेल्न लाग्नु कति उपयुक्त हो ।”
नौ जूनको दिन अर्जेन्टिना र इजरायल मलाहाको रङ्गशालामा एक आपसमा खेलिरहदाँ यी बच्चाहरुको लागि त्यो दिन ‘दुखद दिन’ हुनेछ ।पत्रको अन्तमा बच्चाहरुले लेखेका छन् “मेस्सीले हाम्रो मन नदुखाउन भनेर आफ्ना साथीहरको तर्फबाट हामी भगवानलाई प्रार्थना गर्छौँ ।”मेस्सीले हालसम्म सार्वजनिक रुपमा पत्रको कुनै हिसाबले पनि प्रतिक्रिया दिएका छैनन् ।
विरोधमा मेस्सीको टी–शर्ट जलाउन अपिल
दुवै समूहबीचमा खेल त्यो समयमा हुन लागेको छ जब पछिल्लो केही हप्तादेखि प्यालेस्टाइनी र इजरायली सेनाबीचमा झडप बढेको छ ।प्यालेष्टाइनी फुटबल महासंघका अध्यक्ष जिबरिल रजौबले पनि पत्र लेख्दै हुन लागेको यस खेलको विरोध गरेका थिए । उनले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई पत्र लेखेका छन् ।
उनले भनेका छन्, “यो खेललाई राजनैतिक औजारको रुपमा प्रयोग गरिँदै छ । इजरायलको सरकार जेरुशेलममा यो खेल आयोजना गरेर राजनैतिक सन्देश दिन चाहन्छ ।”
उनले अरब र मुस्लिम देशहरुका रहेका करोडौँ प्रशंसकहरुलाई मेस्सीको टी–शर्ट जलाउन अपिल पनि गरेका थिए । इजरायलको खेलकुद मन्त्रायलले यस विरोधको बारेमा केही प्रतिक्रिया जनाएको छैन ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












