पुनर्निर्माण प्राधिकरणको कामप्रति अर्थमन्त्रीकाे असन्तुष्टि
काठमाडौं,२३ जेठ। अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
अर्थमन्त्री खतिवडाले निजी आवास पुनर्निर्माणको काम गर्न ढिलाई गरेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘निजी आवास पुनर्निर्माणसम्बन्धि समस्या पहिचान र समाधान’ विषयक काठमाडौं जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले निजी आवास पुनर्निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सो अनुसारको काम हुन नसकेको स्पष्ट पारेका छन् ।
अर्थमन्त्री खतिवडाले जमिनको उचित व्यवस्थापन, गुठी लगायतको समस्या समाधान गरेर काठमाडौं उपत्यका भित्रको निजी आवास पुनर्निर्माणको कामलाई सहज ढंगले अघि बढाउन प्राधिकरणलाई सचेत पनि गराए ।
उनले जनप्रतिनिधिहरुलाई पनि निजी आवास पुनर्निर्माणको काममा सक्रीयतापूर्वक सहभागी हुन पनि आग्रह गरे । अर्थमन्त्री खतिवडाले पुनर्निर्माणको कामका लागि आवश्यक कार्यविधि बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे । एक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षमा १ सय ५१ अरव बजेट विनियोजन गरेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












