विप्लव राज्यद्रोही,सीके राउत धर्म विरोधी : गृहमन्त्री
विभिन्न ठाउँमा बम पड्काउनेदेखि लिएर एनसेलका टावरहरुमा बम हान्ने विप्लव हुन्
काठमाडौं,२३ जेठ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव माओवादीलाई राज्यद्रोहीको शक्तिको संज्ञा दिएका छन् ।
साथै उनले सीके राउतले अतिवादी र हिन्दु धर्म पक्षधरलाई उचालेर अस्थिरता फैलाउने प्रयास गरेको पनि बताएका छन् ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो संविधानलाई मान्दैन, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ । जसले आफूलाई नेकपा विप्लव भन्छ ।’
चुनावका समयमा विभिन्न ठाउँमा बम पड्काउनेदेखि लिएर एनसेलका टावरहरुमा हान्ने उनीहरु नै भएको बादलले बताए । गृहमन्त्री बादलले सीके राउत, गोइत, ज्वाला सिंहको नाम लिँदै भने, ‘उनीहरु अलगै मधेस बनाउन चाहन्छन् । अलग देश बनाउन चाहन्छन् । मधेसको राजधानी पनि तोके ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउँदा ‘फ्रि मधेस’को ब्यानर देखाउन पनि उनीहरु नै भएको गृहमन्त्रीले बताएका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












