चौविस लाखको सुन चाँदीसहित युवक पक्राउ
गौशाला, २४ जेठ। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताएकाे छ।
गएराति करीब ८ बजेतिर बीआर ०७ एबी ४९१८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाइछिपाइ नेपालबाट भारत विहारको मधुबनी जिल्ला लैजाँदै गरेको अवस्थामा सुराकीको आधारमा सशस्त्र प्रहरी निरीक्षक उमेश आलेमगरको नेतृत्वमा खटिगएको सातजनाको सशस्त्र प्रहरीको टोलीले शंका लागी युवक ठाकुरलाई मटिहानी नगरपालिका–३ स्थित आवरचोकमा चेकजाँच गर्दा उनी सुन र चाँदीसहित पक्राउ परेका हुन् ।
युवक ठाकुरको साथबाट प्रहरीले रु २४ लाख मूल्य पर्ने २० किलो चाँदी र २०० ग्राम सुन बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बतायाे ।
त्यस्तै, युवकको साथबाट एक थान मोबाइल र मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अवैध सुन र चाँदीसहित पक्राउ परेका युवक ठाकुरलाई सुन, चाँदीसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय, पथलैया पठाइएको सशस्त्र प्रहरी जिल्ला कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











