छोरालाई मृत्युदण्ड दिन लागेकामा चौधरी दम्पती विह्वल – (हजुर, अब हामी कसको भरोसामा बाँच्नु)
(होइन हजुर मेरो बाबु (छोरा) धेरै ज्ञानी छ, उसले कसैलाई मार्नै सक्दैन)
बर्दिवास, २४ जेठ। ‘हजुर, आब हमसभ केकर भरोसा मे जियब ?’ (हजुर, अब हामी कसको भरोसामा बाँच्नु) आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड कार्यान्वयन गर्ने त्यहाँको अदालतको आदेशले विह्वल बनेकी महोत्तरी जिल्लाको औरही नगरपालिका–१ की करीब ५० वर्षीया देवी चौधरीले बुधबार बिहान सञ्चारकर्मीसँग भने ।
वैदेशिक रोजगारीमा सन् २०१५ को अगष्ट महिनामा कतार गएका २३ वर्षीय अनिललाई कतारी नागरिक उमेर मोहम्मद उमेर अल रमजालनी अल नाउयोमीको हत्या अभियोगमा करीब तीन महिनाअघि गत मार्चमा त्यहाँको प्रारम्भिक अदालतले दोषी ठहर गर्दै सुनाएको मृत्युदण्डको सजाय अब गोली हानेर कार्यान्वयन गर्ने आदेश गरेपछि औरही–१ को चौधरी परिवार चिन्तामा डुबेको छ ।
‘नई हजुर, हमर बौवा बड सज्ञान अई, उ ककरो माइर नई सकैछै’ (होइन हजुर मेरो बाबु (छोरा) धेरै ज्ञानी छ, उसले कसैलाई मार्नै सक्दैन) देवीले भक्कानिँदै भने– ‘ओकरालेल किछ सोइच दिय, हमसभ बौवाक् साथ में बुढारी काइट सकी’ (तपाइँहरुले उबारे केही सोची दिनुस्, हामी छोराको साथमा बुढ्यौली काट्न सकौँ) ।
अनिललाई गरिएको मृत्युदण्डको फैसला कार्यान्वयन गर्न त्यहाँको प्रारम्भिक अदालतले आदेश गरेको खबर फैलिएपछि अहिले औरही–१ स्थित भाडामा बसेका चौधरी परिवारको डेरा अगाडि आफन्त, छरछिमेकको बाक्लो आवतजावत बढेको छ । आफूहरुप्रति सहानुभूति दर्साउन आउने जोसुकैसँग अनिलका बाबु करीब ६० वर्षीय श्यामकिशोर चौधरी र आमा देवी बिलौना गर्दागर्दै मुच्र्छा पर्छन् । नजिक हुनेले चिसो पानी छेपेर बौराएपछि फेरि दुवै बूढाबूढी बिलौना गर्न थाल्छन् ।
‘दुनु बेटीके सादी कैलावाद सब भरोसा ओकरे में टिकल छल, मुदा भगवान् के हमरा सभक खुशी मञ्जुर नई भेल’ (तीन सन्तानमध्ये दुई छोरीको विवाहपछि सबै आशा उसमैं टिकेको थियो, तर, भगवान्लाई हाम्रो खुशी मञ्जुर रहेनछ), बाबु श्यामकिशोर चौधरीले बिलौना गर्दै आगन्तुकसँग भने–, ‘अहाँँ सभगोटे ओकर कल्याणक लेल पुकारा किया दियौँ, जे हमर बेटा के हमसभ देख पावी’ (तपाइँहरु सबैले उसका लागि पुकारा गरी दिनोस्, ताकि हामी छोरा हेर्न पाउँ) ।
आफ्नो घर लडेपछि नजिकै एउटा कोठा भाडामा लिएर ठेलागाडामा सानो व्यापार गरेर गुजारा चलाउँदै आएका श्यामकिशोरको ठेला अब थन्किएको छ । दिनहुँ अनिलबारे चासो राख्दै आफन्त र शुभचिन्तकको ओइरो लागेपछि यो परिवार झन् विह्वल हुने गरेको छ ।
‘एत्त सभ के देखैछी, मुदा हमर बौवा नइ अई, कि जानु हे भगवान् कोन दिन देखलेल हमरा जीवित रखने छह’ (यहाँ अरु सबै देख्दैछौँ, तर हाम्रो बाबु छैन, के जानौँ हे भगवान्, कस्तो दिन हेर्न हामीलाई जिउँदो राखेका छाँ) बिलौना गर्दागर्दै बूढा ढल्दा बूढीले थुम्थुम्याउने र बूढी ढल्दा बूढाले थुम्थुम्याउने गरेका यी बूढाबूढीको छोरो निर्दोेष भएकाले न्याय पाउने आश भने मरेको रहेनछ ।
‘निचका अदालत के फैसला मे अपन कतार में रहवाला नेपाल के हाकिमसभ उपरी मुद्दा पहुचौने अई’ (त्यहाँको तल्लो अदालतको फैसला हाम्रा कतार बस्ने नेपाली हाकिमले माथिको अदालत पु¥याएका छन्), बाबु श्यामकिशोरले आँगनभरि जम्मा भएका आगन्तुकलाई सुनाउँदै भने–, ‘अहाँँसभ एत्त स ओत्ततक पहल किया दियौँ, हमर बौवा चैल आओत’ (तपाइँहरु यहाँ (काठमाडौँ) देखि वहाँ (कतार) सम्म पहल गरी दिनोस्, हाम्रो बाबु (छोरा) आउँछ ।
कतारको जेलमा रहेका छोरा अनिलले आफू निर्दोष रहेको बताउँदै आएको र कतारस्थित नेपाली राजदूतावासले सर्वोच्च अदालतमा मुद्दा पु¥याएको कुरा बुझेको यो दम्पतीले सर्वोच्चबाट न्याय पाएर छोरा छुट्ने आश मारेको छैन । पछिल्लो पटक परराष्ट्र मन्त्रालयले सर्वोच्चमा मुद्दा लड्ने खर्च जुटाएर दूतावासलाई पठाएको कुरा थाहा पाएपछि छोरो छुटेर आउने आश चौधरी दम्पतीले सँगालेको औरही–१ का राजनीतिक, सामाजिक कार्यकर्ता सरोज यादव भन्छन् । ‘उ असल र मेहनती युवा हो, उ निर्दोष सावित भएर फर्कने कुरामा उसका बाबुआमा र हामी छिमेकीको आश मरेको छैन’ यादवले भने ।
ढलेको घर रहेको ठाउँमा सातधुर घडेरी र चौडीमा सात कट्ठा जग्गा भएको चौधरी दम्पतीको भरणपोषण भने अनिलले पठाउने रकमबाट हुँदै थियो । सन् २०१७ को अप्रिलमा पक्राउ पर्नुअघि साढे तीन लाख रुपैयाँ रकम अनिलले पठाएको बाबु श्यामकिशोरको भनाइ छ । पठाएको पैसाले ऋण तिरेर आफूहरुको खेवा खर्च पनि चल्न पुग्ने भएपछि अब चै आउने रकम सञ्चिता हुन्छ भन्ने आश पालेका चौधरी दम्पतीलाई छोराको अवस्थाले दयनीय अवस्थामा पु¥याएको छ ।
‘कि लिखल हई भाग में, कि जानी’ (के लेखिएको छ, भाग्यमा के जानौँ) छाति पिट्दै रोइरहेकी पत्नी देवीलाई फुल्याउँदै श्यामकिशोरले ढाडस दिँदै भन्नुभयो–, ‘भगवान् में भरोसा करु, सब ठिक भजायत’ (भगवानमा भरोसा गर, सब ठीक हुन्छ) ।
नेपालबाट कामका लागि कतार पुगेका अनिल त्यहाँको एक कम्पनीमा लेवरको रुपमा कार्यरत थिए । अहिले कतारस्थित नेपाली दूतावासले अनिलको जीवनरक्षाका लागि कतारको सर्वोच्च अदालतमा अपिल गरेको छ ।
कतारस्थित नेपाली दूतावासले नेपाल सरकारसँग उनको जीवनरक्षाको लागि पहल गर्न ३० हजार रियाल (करीब रु ६० लाख) माग गरेको छ । दूतावासको उक्त प्रस्तावबारे परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा छलफल भइरहेको सूचना आफूले पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताएका छन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












