तलब नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा
लहान, २४ जेष्ठ । विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् ।
तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् ।
संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको अवस्थामा नगरपालिकाले तलब उपलब्ध नगराउँदा समस्यामा परेको स्वास्थ्यकर्मीको गुनासो छ ।
तलब बुझ्न नपाउँदा घरखर्च, बच्चाको शैक्षिक खर्च र घरभाडासमेत तिर्न नसकेको भन्दै स्वास्थ्यकर्मीले मानसिक र शारीरिक समस्याको समेत सामना गर्नु परेको दुखेसो पोखेका छन् । यस्तै स्वास्थ्यकर्मीले गठन गरेको संघर्ष समितिले बुधबार मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
यता मिर्चैया नगरपालिकाका प्रमुख यादवले स्वास्थ्य मन्त्रालयबाट तलबका लागि रकम नपठाएकाले तलब वितरण गर्न नसकेको बताएका छन् ।
विकासको बजेटबाट रु ३० लाख रकम स्वास्थ्य क्षेत्रमा लगाएको भन्दै नगरप्रमुख यादवले तत्काल दुई महिनाको भए पनि अर्को क्षेत्रको रकमबाट स्वास्थ्यकर्मीलाई तलब वितरण गर्ने प्रयासमा रहेको जानकारी दिए ।
मिर्चैया नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र सातवटा स्वास्थ्य चौकीमा गरी करीब ६५ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












