मस्जिदमा गोलीहानी चार जनाको हत्या
खोस्त (अफिगानिस्तान), २४ जेठ । अफगानिस्तानको पूर्वीप्रान्त खोस्तमा अवस्थित एक मस्जिदमा प्रार्थनाका लागि बसेका भक्तजनमाथि बन्दुकधारीले गरेका गोली प्रहार गर्दा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ ।
यस गोली काण्डमा चार सर्वसधारणको मृत्यु हुनुको साथै अन्य पाँच जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।
खोस्त प्रान्तको मनदोजायी जिल्लाको लालमायी इलाकाको कमाल खिल मस्जिदमा बुधबार साँझ आतङ्ककारी समूहले गोली प्रहार गरेका थिए ।
साँझको प्रार्थनाको लागि मस्जिदभित्र बसेका व्यक्तिलाई गोलीको शिकार बनाइएको प्रवक्ता तालिब मङगालले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा पनि लिएको छैन । तर यस आक्रमणमा तालिबानकै हात रहेको अनुमान प्रहरीले गरेको छ ।
अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१७ मा तीन हजार ४३० सर्वसाधारणले ज्यान गुमाएका छन् भने सात हजारभन्दा बढी घाइते भएका संयुक्त राष्ट्रसंघीय मिसनले प्रकाशित गरेको एक प्रतिवेदनमा जानकारी दिइएको छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











