पार्टी प्यालेस देखि केबुलकारमा समेत १०% सेवा शुल्क, उपभोक्ताको ढाड सेक्दै सरकार
काठमाडौं २५, जेष्ठ । अब मुलुकमा कर प्रणालीलाई मजबुत बनाउने नाममा विभिन्न नाममा पैसा असुल गर्ने संकोत देखिएको छ ।
बजेट पश्चात बजारमा प्राय उपभोग्य सामानमा मूल्यबृद्वि राम्रै भएको भेट्न सकिन्छ तर, जनस्तरमा ्भने त्यस्तो किसिमको कुनै पनि आर्थिक लाभका नयाँ योजना नहुदा चाैतर्फि निराशा छाएको छ ।
देशमा संस्थागत रुपमा संचालित होटल,रेष्टुरेन्ट,पार्टी प्यालेशदेखि नाइट क्लबसम्म १० प्रतिशत सेवा शुल्क लाग्ने भएको छ।अहिलेसम्म ग्राहकबाट उठाइने सेवा शुल्क बाध्यकारी रुपमा कार्यान्वयनमा आएको थिएन।
ठूला होटल र रेष्टुरेन्टमा मात्रै सेवा शुल्क उठाउने गरिएको थियो।अब राज्यको कानुन अनुसार दर्ता भएर संचालनमा रहेका सबै होटल,मोटल,सफारी रेष्टुरेन्ट,फाष्टफूड,ब्याकेट,पार्टी प्यालेश,होमस्टे,मोनाष्ट्री स्टे,बन्जी जम्प,केवुलकार,फ्लाइट क्याटरिङ,डिस्को,नाइट क्लब,डान्स क्लब,दोहोरी लगायतका सबै व्यवसायमा १० प्रतिशत सेवा शुल्क लाग्ने भएको छ। केबुलकार,बन्जी जम्प लगायतका पर्यटनसँग सम्वन्धित सेवामा यसअघि यस्तो शुल्क थिएन। यो निर्णयपछि उपभोक्तालार्इ ती सेवा उपभोग गर्दा महँगो पर्नेछ।
यो मात्रै होइन अहिले घर लैजाने प्याकिङ सर्भिस र सेल्फ सर्भिसमा पनि यो शुल्क लाग्नेछ। होटल संघ नेपाल,रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल र चार वटा ट्रेड युनियनबीच शुक्रबार भएको सहमति अनुसार कानुनी रुपमा दर्ता भएका सबै होटल,रेष्टुरेन्ट लगायतका पर्यटनसँग सम्वन्धित क्षेत्रमा सेवा शुल्क लगाउने निर्णय गरेका हुन्। युद्धकालबाट शान्ति प्रक्रियामा आएको तत्कालिन माओवादी र अन्य मजदुर संगठनको दवावमा सन् २००६ मा होटेल एसोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रुपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












