किमसँगको वार्ताका लागि तयारी आवश्यक छैन: ट्रम्प
काठमाडौं २५, जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को साता सिंगापुरमा हुने वार्ताका लागि आफूले धेरै तयारी नगर्ने बताएका छन् ।
जापानी प्रधानमन्त्रीलाई सिन्जो आवेसँग आफ्नो ओभल अफिसमा भेटवार्ता गरेपछि ट्रम्पले किमसँग हुने भनिएको बहुप्रतिक्षित वार्ताका बारेमा आफूलाई तयारी आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।
‘म अहिले पनि राम्रोसँग तयार छु र मलाई लाग्छ मैले किमसँग वार्ताका लागि त्यस्तो तयारी गर्नुपर्दैन’ ट्रम्पको भनाइ उधृत गर्दै साउथ चाइना मर्निङ पोष्टले लेखेको छ, ‘यो आफ्नो दृष्टिकोणको कुरा हो र काम सम्पन्न गर्ने इच्छाशक्तिको कुरा हो ।’
ट्रम्पले आफू यसका लागि धेरै अगाडिदेखि तयार रहेको र उत्तर कोरियाले पनि धेरै अगाडिदेखि तयारी गरेको हुनसक्ने भएकाले तयारी कस्तो छ भन्ने सवाल नै नउठ्ने जापानी प्रधानमन्त्रीसँग बताएका छन् । ‘उनीहरुले निशस्त्रीकरण गर्नुपर्छ’ ट्रम्पले भने, ‘हामीले अहिल्यै प्रतिवन्ध फुकुवा गर्न भने सक्दैनौं ।’
सिंगापुरको भेटवार्ता कति दिन चल्छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले परिस्थिति हेरेर एकदिनदेखि तीन दिनसम्म वार्ता चल्न सक्ने बताए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












