प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने: अध्यक्ष दाहाल
विराटनगर, २७ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको वताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को सरकारको नेतृत्व वा सरकारमा नहुने प्रष्ट पारे ।
उनले वर्तमान अवस्थामा बहुदलीय व्यवस्थाअन्तर्गत प्रतिष्पर्धात्मक निर्वाचनमा गएर सरकार निर्माण भएकाले तत्काल कार्यकारी राष्ट्रपति प्रणालीमा जाने सम्भावना नरहेको बताए ।
आगामी निर्वाचनमा यस सम्बन्धमा जनताको अभिमत बुझेर नै निर्णय गरिने धारणा उहाँले व्यक्त गर्नुभयो ।
उनले माओवादी द्वन्द्वमा पीडित भएकाको समस्या समाधान सत्यनिरुपण आयोगले सुस्तगतिमा काम गरेकाले र अझै धेरै काम गर्न बाँकी रहेकाले आयोगको म्याद थप्ने विषयमा छलफल भइरहेको उल्लेख गरे ।
एक प्रश्नको जवाफमा उहाँले निर्माण व्यवसायीले तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने व्यवसायीलाई राज्यले कारवाही गर्ने बताउँदै यस सम्बन्धमा सञ्चार माध्यममा आएजस्तो कुनै कार्य आफूबाट नभएको स्पष्ट पारे ।
अध्यक्ष दाहालले जिम्मेवारी लिइसकेपछि तोकिएको समयमा काम पूरा गर्नु निर्माण व्यवसायीको पनि दायित्व हो भन्दै गुणस्तरहीन काम गर्ने व्यवसायीलाई कारवाही गर्र्ने विषयमा मन्त्री वा कसैलाई रोक्न कुनै दबाब नदिएको स्पष्ट पारे ।
उनले जनताको चाहनाअनुसार मुलुकमा संघीयता कायम भएकाले तीन तहको सरकार निर्माण भइसकेकाले अबको एजेण्डा भनेको मुलुकमा सुशासन र आर्थिक समृद्धि भएको उल्लेख गरे ।
अध्यक्ष दाहालले संघीयता मुलुकका लागि पहिलो अभ्यास भएकाले र सोहीअनुसार कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न केही असहज भएपनि निकट भविष्यमा सो समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले समायोजनका लागि बाध्य भएर सरकारले नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको स्पष्ट पारे
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











