ट्रम्प-किमको भेट बराबरीको हैसियतमा, जहाँ यस्तोसम्म देखियो….
ट्रम्प-किमको भेटवार्ताबाट नेपालका नेताहरुले पनि धेरै कुरा सिक्न र कुटनैतिक मर्यादालाई कायम राख्न सहयोग पुग्ला कि ?
काठमाडाैं २९, जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताको ऐतिहासिक पहिलो भेटमा यस्तो देखियोः
१. झण्डा
संसारको ध्यान खिचिरहेको वार्तामा झण्डाको सिंगारपटार देख्दा जो किहहिपनि अचम्मित बन्ने खालको थियो । जब विश्वले यी दुई नेताहरुले हात मिलाएर क्यामेराको लागि पोज दिएको हेर्न प्रतिक्षा गरिरहेको थियो, पृष्ठभूमिमा अमेरिकी र उत्तर कोरियाली झण्डाहरु एकपछि अर्को गरेर मिलाएर राखिएका थिए । उक्त दृश्य धेरै नै लोभलाग्दो थियो र यो किमको लागि ठूलो जित थियो जसले अमेरिकी राष्ट्रपतिसँग बराबरीको हैसियत बनाएका थिए ।
२. कोरियोग्राफी
ट्रम्पले आफ्नो होटल सात मिनेट अगाडि नै छोडेपनि किमभन्दा सात मिनेट ढिलो आइपुगेका थिए । उत्तर कोरियाली नेता वार्तास्थलमा चाँडो आइपुग्नुलाई आफूभन्दा धेरै उमेरका अमेरिकी राष्ट्रपतिलाई सम्मान गरेको संकेत देखाउँछ । यी दुई नेता सँगै हिँडे र हात मिलाउन ट्रम्पले पहिले आफ्नो हात अगाडि सारे ।
३. हृयाण्डसेक
हात मिलाएको दृश्य झन रोचक छ । ट्रम्प हात मिलाउने मामलामा एकदम सतर्क देखिएका छन् । यी दुई नेता एक अर्कासँग बोल्न खोजे तर पछि अलमल्लमा परे । यद्यपी किमले ट्रम्पलाई अङ्ग्रेजीमा ‘नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’ भनेको दक्षिण कोरियाली मिडियाले लेखेको छ । यसले उनको ओठलाई पढेको दाबी गर्दै यस्तो लेखेको हो ।
दुई नेताले १२ सेकेण्ड सम्म हात मिलाइरहे तर, यो हृयाण्डसेक ट्रम्पको जापानी प्रधानमन्त्री सिन्जोआबेसँगको भन्दा चैं छोटो थियो । ट्रम्प हात मिलाउने क्रममा सर्तक देखिएका थिए र उनले किमको हात दह्रोसँग समातेनन् । अरु मानिससँग हात मिलाउँदा उनले काँधमा थपथपाउँथे तर किमको काँधमा हात राख्ने उनले साहस गरेनन् र १२ सेकेण्ड लामो हृयाण्डसेकमा किमको कुहिनामा विस्तारे मात्रै थपथपाए ।
४. भाषा
ट्रम्पले किमसँग भेट्नु सौभाग्य भएको बताउँदै दुई बीचमा धेरै राम्रो सम्बन्ध हुनेमा कुनै शंका नै नरहेको बताए । त्यसैसमय किमले भने पुराना ‘पूर्वाग्रह र अभ्यासहरु’लाई धन्यवाद दिए जसले अमेरिका र उत्तर कोरियाको सम्बन्धहरु दशकौं सम्म चिसिएको थियो ।
५. वार्ता
ट्रम्प र किमको भेटवार्ता चालिस मिनेटसम्म लम्बियो । वार्तामा दुई जना नेता र उनीहरुका ट्रान्सलेटर मात्रै थिए । अमेरिकी राष्ट्रपतिले वार्तामा उत्कृष्ट सम्बन्ध भएको बताए ।
ट्रम्पले यसअघि किम आणविक हतियार त्याग्नेबारेमा गम्भिर भए नभएको भन्ने बारेमा थाहा पाउन आफूलाई एक मिनेट नै काफी हुने बताउँदै आएका थिए ।
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











