१५० सिसी भन्दा माथिका बाइकमा अन्तशुल्क बढ्नुको कारण यस्तो छ…
काठमाडाैम २९, जेष्ठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत १ हजार सिसी क्षमताभन्दा ठूला चारपांग्रे र १५० सिसी क्षमताभन्दा धेरैका मोटरसाइकलमा अन्तशुल्क बढाउने घोषणा गर्योे।
दैनिक जीवनयापनमा आवश्यक सवारी साधनमा कर बढाइएको भन्दै व्यवसायीले त्यसको आलोचना पनि गरे। नेपाल उद्योग वाणिज्य महासंघको राजस्व समितिका सभापति अशोककुमार तोदीले नेपालको भूगोल अनुसार २०० सिसी क्षमतासम्मका मोटरसाइकलको कर बढाउन नहुने बताएका छन्। महासंघले सोमबार गरेको अन्तरक्रियामा उनले भौगोलिक बनावटअनुसार ठूला क्षमताका मोटरसाइकलमा अन्तशुल्क बढाउन नहुने बताए।
तोदीको जिज्ञासामा राजस्व सचिव शिशिरकुमार ढुंगानाले सरकारले आवश्यकता र औचित्यतताकै आधारमा ठूला क्षमताका मोटरसाइकलमा अन्तशुल्क थप गरेको दावी गरे। उनले दुर्घटनाको दर र त्यस्ता मोटरसाइकलको उपयोगलाई विश्लेषण गरेर नै अन्तशुल्क थपिएको बताए। कार्यक्रममा नाडा अटोमोवाइल डिलर एसोसिएसनका अध्यक्ष शम्भु दाहालले २५ सय सिसीभन्दा सवारी साधन यात्रु बोक्न प्रयोग भइरहेको भन्दै त्यसलाई विलासी भन्न नहुने दावी गरे।
सवारी साधनको क्षमता नाप्ने आधार इन्जिन क्षमता (सिसी) मात्रै भएको भन्दै सचिव ढुंगानाले त्यस्ता सवारी साधनको आकार हेरेर भन्दा पनि क्षमता हेरेर कर निर्धारण भएको बताए।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












