१५० सिसी भन्दा माथिका बाइकमा अन्तशुल्क बढ्नुको कारण यस्तो छ…
काठमाडाैम २९, जेष्ठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत १ हजार सिसी क्षमताभन्दा ठूला चारपांग्रे र १५० सिसी क्षमताभन्दा धेरैका मोटरसाइकलमा अन्तशुल्क बढाउने घोषणा गर्योे।
दैनिक जीवनयापनमा आवश्यक सवारी साधनमा कर बढाइएको भन्दै व्यवसायीले त्यसको आलोचना पनि गरे। नेपाल उद्योग वाणिज्य महासंघको राजस्व समितिका सभापति अशोककुमार तोदीले नेपालको भूगोल अनुसार २०० सिसी क्षमतासम्मका मोटरसाइकलको कर बढाउन नहुने बताएका छन्। महासंघले सोमबार गरेको अन्तरक्रियामा उनले भौगोलिक बनावटअनुसार ठूला क्षमताका मोटरसाइकलमा अन्तशुल्क बढाउन नहुने बताए।
तोदीको जिज्ञासामा राजस्व सचिव शिशिरकुमार ढुंगानाले सरकारले आवश्यकता र औचित्यतताकै आधारमा ठूला क्षमताका मोटरसाइकलमा अन्तशुल्क थप गरेको दावी गरे। उनले दुर्घटनाको दर र त्यस्ता मोटरसाइकलको उपयोगलाई विश्लेषण गरेर नै अन्तशुल्क थपिएको बताए। कार्यक्रममा नाडा अटोमोवाइल डिलर एसोसिएसनका अध्यक्ष शम्भु दाहालले २५ सय सिसीभन्दा सवारी साधन यात्रु बोक्न प्रयोग भइरहेको भन्दै त्यसलाई विलासी भन्न नहुने दावी गरे।
सवारी साधनको क्षमता नाप्ने आधार इन्जिन क्षमता (सिसी) मात्रै भएको भन्दै सचिव ढुंगानाले त्यस्ता सवारी साधनको आकार हेरेर भन्दा पनि क्षमता हेरेर कर निर्धारण भएको बताए।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












