मुसहरजातिको सामूहिक चर्पी
गाईघाट, उदयपुर, ३० जेष्ठ । चौदण्डी नगरपालिका– ३ हँडिया तथा सुन्दरपुरको मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थालेको छ ।
घरका चर्पीमा ससुरा, सासू, बुहारी र बाबुछोरीले एउटै चर्पी प्रयोग गर्न नहुने सोच र परम्परा तोडिएको छ । चार वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि सुन्दरपुर, हँडिया, जोगीदहलगायत विभिन्न क्षेत्रमा मुसहर जातिले घरमा संयुक्त चर्पी प्रयोग नगरेको हँडियाका स्थानीयवासी कृष्ण चौधरी बताउछन् ।
दुई वर्षयतादेखि विभिन्न सामाजिक अभियानकर्मीको प्रयास र मुसहर जातिका घरघरमा सामूहिक चर्पी प्रयोग गर्ने अभियान र जनचेतना फैलाउने काम व्यापक रुपमा हुन थालेपछि अहिले ससुरा, बुहारी, छोराछोरी सबैले सामूहिक चर्पी प्रयोग गर्न थालेको हँडिया माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ छ ।
अहिले सबैको प्रयासले सामूहिक चर्पी प्रयोग हुन थालेको र यसमा विगतको भन्दा दोब्बरले सुधार आएको सुन्दरपुरका समाजसेवी देवनारायण चौधरी बताउछन् । केही समय यतादेखि मुसहर र चौधरी समाजमा सामूहिक चर्पी प्रयोगमा व्यापक सुधार आएको खुला दिसामुक्त क्षेत्रका मुख्य अभियानकर्मी तथा पत्रकार कौशल चेम्जोङको धारणा यस्तो छ ।
अहिले मुसहर जातिका ९०% परिवारका घरमा एउटै चर्पी र सामूहिक प्रयोग हुने गरेको अभियन्ता तथा वरिष्ठ पत्रकार चेम्जोङले बताए ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












