कम्तीमा एक तिहाई महिला सभापति संसदीय समितिमा अनिवार्य हुनैपर्ने
काठमाडौं ३०, जेष्ठ । प्रतिनिधिसभाका १० वटा विषयगत समितिमध्ये कम्तीमा तीन समितिका सभापतिमा महिलालाई उम्मेदवार बनाउनुपर्ने भएको छ ।
प्रतिनिधिसभा नियमावलीले कम्तीमा एक तिहाई महिला सभापति हुनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि कम्तीमा ३ समितिको सभापति महिला हुने अवसर पाएका हुन् ।
प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्न्ध, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार समिति कायम गरिएका छन् । त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत, राज्य व्यवस्था, महिला तथा सामाजिक, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० वटा समिति कायम गरिएका छन् ।
यी बाहेक तीनवटा विशेष समिति बन्नेछन् । संसदीय सुनुवाई, महाअभियोग र विशेषाधिकार समिति पनि बन्नेछन् । यी सहित कम्तीमा ४ समितिको सभापति महिलालाई बनाउनुपर्ने भएको छ ।
१० वटा विषयगत समितिमध्ये लेखा समिति विपक्षी दललाई दिने प्रचलन छ । तर पछिल्लो समय सो प्रचलन तोडिएको थियो । सबै समितिमा नेकपाको बहुमत रहेको अवस्थामा लेखा समिति विपक्षलाई दिने नदिने निश्चित छैन । कांग्रेसले लेखा समिति प्रमुख प्रतिपक्षले पाउनुपर्ने माग गरेको छ ।
अन्य ९ वटा समितिको सभापति नेकपा र संघीय समाजवादी फोरमबीच बाँडफाँट हुने सम्भावना छ । विशेष समितिको नेतृत्व नेकपाकै सांसदले गर्ने स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












