कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छः उपप्रधानमन्त्री पोखरेल
इटहरी ३१, जेष्ठ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एसियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
नेपाली जनताको भाग्य र भविष्य सुन्दर बनाउँदै जाने प्रमुख उद्देश्यका साथ नेपालका भावना मिल्ने सम्पूर्ण कम्युनिष्टबीच एकता कायम हुने क्रम तीव्र बनिरहेको चर्चा गर्दै नेता पोखरेलले अहिलेको सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्दै समृद्ध नेपाल र खुशी नेपाली समाज निर्माण गर्नु रहेको बताए ।
उनले यदि कसैले पार्टीको टोपी वा खोल ओढेर जनविरोधी भ्रष्टाचारको काम गर्न वा गराउन प्रेरित वा उक्साउने कार्य गर्छ भने त्यो आफैँ नाश भएर जाने बताए ।
नेता पोखरेलले पार्टीभित्र नमिलेका केही कुरा छन् भने त्यो सचिवालयले मिलाउने दाबी गर्दै भरसक लेनदेन नमिलेमा तल्लो तहदेखि नै मिलाउँदै जाने विषयलाई कम्युनिष्टहरु आफैँले मिलाउँदै जान सक्नुपर्ने उनले बताए ।
सोही अवसरमा उनले राप्रपा तथा अन्य विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे । कार्यक्रममा सांसद भीम आचार्यले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रम साविक नेकपा (एमाले) का जिल्ला सभापति रमेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












