प्रदेश ५ को बजेट आकार लगभग ३० अर्ब
बुटवल, १ असार।अाज प्रदेश ५ सरकारकाेआर्थिक वर्ष २०७५ र०७६ का लागि बजेट मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो १ बजे बस्ने वैठकमा प्रस्तुत गर्दैछ ।
मन्त्रालय स्रोतका अनुसार करिब ३० अर्ब रुपैयाँ हाराहारीको बजेट आउँदैछ । प्रदेश ५ सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।
आज प्रस्तुत हुने बजेटमा संघीय सरकारबाट प्राप्त समानीकरण, समपूरक, सशर्त अनुदान, स्थानीय स्रोत परिचालनबाट प्राप्त हुने रकम र चालु वर्षको बाँकी रकमलगायतका शीर्षकबाट बजेट निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ सरकारलाई संघीय सरकारबाट वित्तीय समानीकरणमा ६ अर्ब ८६ करोड र सशर्त अनुदानको ९ अर्ब ६७ करोड गरी १६ अर्ब ५४ करोड वजेट प्राप्त भएको छ । यसबाहेक राजश्य बाँडफाँटवापत संघबाट ८ अर्ब ५० करोड प्राप्त हुने अनुमान प्रदेश सरकारको छ ।
संघीय सरकारबाट प्राप्त हुने सशर्त र वित्तीय समानीकरणबाहेक प्रादेशिक आम्दानीका स्रोतहरु सवारी साधन कर, घरजग्गा रजिष्ट्रेसन, प्राकृतिक स्रोत तथा नदीजन्य वस्तुको कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, सेवा शुल्क तथा दस्तुर, दण्ड–जरिवाना, कृषि आय करलगायतले बजेटमा सहयोग हुने प्रदेश सरकारको अपेक्षा छ । प्रदेश सरकारले यसअघि सार्वजनिक गरेको १ अर्ब २ करोड बराबरको बजेट साधन स्रोतको अभावमा खर्च गर्न नसकेपछि त्यसबेला समावेश गरिएका योजनालाई आगामी बजेटमा पनि निरन्तरता दिएको छ ।
प्रदेश ५ मा प्रदेश कर कार्यालयले सवारी, घरजग्गा रजिस्ट्रेशन, विज्ञापन, मनोरञ्जन कर असुल गर्ने व्यवस्थासहितको कानुन बनाउँदैछ । विधेयकले कानुनी रुप लिएपछि आगामी आर्थिक वर्षबाटै लागू हुनेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












