सातै प्रदेशमा बजेट आज, कस्तो छ तयारी हेर्नुहोस्
काठमाडाैं १, असार । देशका ७ वटै प्रदेश सरकारले आज अागामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दैछन् ।
प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल, ६ को वीरेन्द्रनगर र प्रदेश ७ को धनगढीमा बस्ने फरक फरक प्रदेशसभा बैठकमा सम्बन्धित प्रदेशका आर्थिक मामिला मन्त्रीले आयव्ययको विवरण सार्वजनिक गर्ने तयारी गरेका हुन् । सातै प्रदेशको बजेट जोड्दा २ खर्ब ८ अर्ब रुपैयाँ हुन्छ।
यसअघि जेठ १५ गते सार्वजनिक भएको संघीय बजेटमार्फत् प्रदेश समानीकरण (निःशर्त र सशर्त) बजेट पाएका थिए।
कति बजेट ल्याउने तयारीमा छ त प्रदेश सरकार ?
प्रदेश १ मा ३५ अर्ब रुपैयाँ बराबरको बजेटको तयारी भएको छ।
प्रदेश २ ले ३० अर्ब हाराहारीमा बजेट तय गरेको छ।
प्रदेश ३ ले ४० अर्ब रुपैयाँको बजेट तयारी गरेको छ।
प्रदेश ४ ले २६ अर्ब बराबरको बजेटको तयारी गरेको छ।
प्रदेश ५ ले ३० अर्ब रुपैयाँको बजेट तयारी गरेको छ।
प्रदेश ६ ले २३ अर्ब रुपैयाँको बजेट तयारी गरेको छ।
प्रदेश ७ ले २४ अर्ब रुपैयाँ बजेटको तयारी गरेको छ।
स्थानीय तहले भने असार १० गतेभित्र बजेट पेस गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












