सातै प्रदेशमा बजेट आज, कस्तो छ तयारी हेर्नुहोस्
काठमाडाैं १, असार । देशका ७ वटै प्रदेश सरकारले आज अागामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दैछन् ।
प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल, ६ को वीरेन्द्रनगर र प्रदेश ७ को धनगढीमा बस्ने फरक फरक प्रदेशसभा बैठकमा सम्बन्धित प्रदेशका आर्थिक मामिला मन्त्रीले आयव्ययको विवरण सार्वजनिक गर्ने तयारी गरेका हुन् । सातै प्रदेशको बजेट जोड्दा २ खर्ब ८ अर्ब रुपैयाँ हुन्छ।
यसअघि जेठ १५ गते सार्वजनिक भएको संघीय बजेटमार्फत् प्रदेश समानीकरण (निःशर्त र सशर्त) बजेट पाएका थिए।
कति बजेट ल्याउने तयारीमा छ त प्रदेश सरकार ?
प्रदेश १ मा ३५ अर्ब रुपैयाँ बराबरको बजेटको तयारी भएको छ।
प्रदेश २ ले ३० अर्ब हाराहारीमा बजेट तय गरेको छ।
प्रदेश ३ ले ४० अर्ब रुपैयाँको बजेट तयारी गरेको छ।
प्रदेश ४ ले २६ अर्ब बराबरको बजेटको तयारी गरेको छ।
प्रदेश ५ ले ३० अर्ब रुपैयाँको बजेट तयारी गरेको छ।
प्रदेश ६ ले २३ अर्ब रुपैयाँको बजेट तयारी गरेको छ।
प्रदेश ७ ले २४ अर्ब रुपैयाँ बजेटको तयारी गरेको छ।
स्थानीय तहले भने असार १० गतेभित्र बजेट पेस गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












