सिकाइमै बित्यो जनप्रतिनिधिको एक वर्ष, देश विकास कहिले ?
तेह्रथुम। छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दिनमात्रै हैन, रात पनि गाउँपालिकाकै काममा बिताउँछन्।
बिहान उठेदेखि साँझ बिछ्यौना पर्दासम्मको कार्यतालिका पहिल्यै तयार भइसक्छ उनको। लामो समयपछि जनप्रतिनिधि चुनिएर स्थानीय तहमा आएपछि नागरिकले आफ्ना आवश्यकता, समस्या र अप्ठ्याराहरु सुनाउने ठाउँ पाएका छन्।
अध्यक्ष लिम्बू भन्नुहुन्छ, “सबैका कुरा सुन्नैपर्छ, उस्तै पर्दा आफ्नै सरसफाइ गर्ने, खाने र आराम गर्ने समय पनि मिल्दैनँ।” कार्यालय समयबाहेकका अधिक समय उनले गाउँमा हुने विभिन्न कार्यक्रम, गोष्ठी, उद्घाटन र न्याय निसाफका गतिविधिमा खर्चिएको बताए। तर उनीसँग पहिलो वर्ष सकिन लाग्दा देखाएर भन्न सक्ने कुनै उपलब्धि छैन। अहिले पनि गाउँपालिका कार्यालय नै व्यवस्थित भइसकेको छैन।
आवश्यक ऐन कानून बनाउन बाँकी नै छन्। कर्मचारी पूर्ण छैनन्। “धेरै कुरा अझै आफैँले पनि बुझ्न बाँकी छ”, उनी भन्छन्। “निर्वाचित भएको एक वर्ष बित्न लाग्यो, तर उपलब्धि केही छैन”, उनले भने, “खासमा भन्दा पहिलो वर्ष सिकाइमै बित्यो।” म्याङ्लुङ नगरपालिकाकी उपप्रमुख पार्वतीसानु डाँगी पनि पहिलो वर्ष सिकाइमै बितेको बताउँछन्। उनी भन्छन्, “धेरै कुरा गर्न खोजियो, तर एकैपटक के नै गर्न सकिन्छ र? खासमा यो वर्ष सिकाइमै बित्यो।”
निर्वाचित भएको पहिलो वर्ष थिति, पद्धति र ऐन कानून बुझ्न र बनाउनमै बितेको उनी बताउँछन्। उनले आफूहरुको पहिलो वर्ष बित्न लाग्दा अहिलेसम्म यति काम गरियो भनेर देखाउने केही पनि आधार नभएको बताए।
जिल्लाका धेरैजना जनप्रधिनिधिले चुनावमा खाएका कसम पूरा गर्न चाहँदाचाहँदै पनि पहिलो वर्ष सिकाइकै रुपमा बितेको बताउँछन्। जनप्रतिनिधिले सिकाइ वर्षका रुपमा बिताएको पहिलो वर्षलाई नागरिकले पनि सहजै बुझेका छन्।
उनीहरु भन्छन्, “जनप्रतिनिधि पनि भर्खरै आएका हुन्, उनीहरुले नै बुझेका छैनन्, अब गर्छन् कि भन्ने आशा छ।” जनप्रतिनिधिको बुझाइ र नागरिकको धारणा मेल खाए पनि पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित भएर आएका जनप्रतिनिधिको वचनबमोजिमका काम शुरु नै भएका छैनन्।
चुनावताका उनीहरुले बनाएका योजना शुरुवात गर्ने मेलो उनीहरुले पाएका छैनन्। काम गर्दै, सिक्दै गरेको र गर्ने क्रममा केही गल्ती भए पनि आगामी दिनमा सुधारसहित जनहितमा काम गर्ने उनीहरूको प्रतिबद्धता छ।
गतवर्ष योजना छनोट र बजेट विनियोजनमा भएका कमीकमजोरी सच्याउँदै आगामी आर्थिक वर्षका लागि फरक ढंगबाट काम गरिरहेको फेदाप गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङ्वाङले बताए। जिम्मेवारी सम्हालेको वर्ष दिन बित्न लागेपछि पहिलो वर्ष सिकाइमै बितेको र आगामी वर्षबाट त्यसलाई व्यवस्थित गर्न प्रयत्न गरिरहेको उनले स्वीकारे।
जनप्रतिनिधिहरुले पहिलो वर्षको बजेट अनुत्पादक क्षेत्रमा खर्च भएको आफैँले भन्न थालेका छन्। मोटो बजेट सडकमा खर्चिएर आफूहरुले गल्ती गरेको जनप्रतिनिधि बताउँछन्। “पहिलो वर्ष चाहेर पनि सामाजिक र आर्थिक विकासका कार्यक्रम कम बनेँ, धेरै बजेट सडकमै गयो”, आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वा भन्छिन्, “आगामी वर्ष सामाजिक र आर्थिक विकाससम्बन्धी योजना प्राथमिकतामा पर्छन्।”
उनले यो वर्ष महिला, जनजाति, विपन्न र पिछडिएका लक्षित वर्गका लागि बजेट कम भएको आभास भएको बताइन्। एकैपटक जनताका धेरै आवश्यकता र माग आएका छन्। “पहिलो वर्ष नबुझेर पनि गरियो, अब बुझेर गर्ने प्रयत्न छ”, उनले भनिन्। जिल्लामा दुई नगरपालिका र चार गाउँपालिका छन्।
ती पालिकामा जम्मा ४३ वटा वडा छन्। सबै वडा र पालिकामा निर्वाचित जनप्रतिनिधिहरु आफ्नो गाउँको विकासका लागि चिन्तित चाहिँ छन्, तर मेसो पाएका जस्ता देखिँदैनन्। आफैँले बनाएका ऐन, कानूनबारे पनि उनीहरु पोख्त देखिँदैनन्। जनप्रतिनिधिका अहिलेसम्मका हरेक महिनाका १० दिन बढी विभिन्न विषयका गोष्ठी र अभिमुखीकरणमै बितिरहेका छन्।
महिनाका आधा दिन तालीम, गोष्ठी र अभिमुखीकरणमै बितिरहेको म्याङ्लुङ नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले बताए। उनले भनिन्, “काम गर्न धेरै छ, तर नयाँ संरचनामा भएकाले धेरै कुरा गर्न सिक्नुपर्ने अवस्था छ, सिकिरहेका छौँ।”
कर्मचारी अभाव, ऐन कानून निर्माणमा असहजता, दक्ष स्रोत व्यक्तिको अभावलगायत विविध कारणले पहिलो वर्ष सिकाइमै बितेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ बताउँछन्। उनले आफूहरुले सकेसम्म प्रयत्न गरिरहेको र पाँच वर्षमा आफूहरुले नागरिकसमक्ष देखाएका सपना बढीभन्दा बढी पूरा गर्नेमा केन्द्रित भएको बताए।
स्थानीय तह गठन भएर केन्द्र तोकिएका बजारमा चहलपहल बढेको छ। विकासका योजना, सहभागिता र आर्थिक कारोवारसमेत बढेको छ। तर ती विकासका गतिविधिबाट निस्किएका प्रतिफल नागरिकमैत्री छैनन्।
जिल्लाका सबै स्थानीय तहले सडकलाई प्राथमिकतामा राखे र काम गरे। कूल बजेटको ४० प्रतिशत बढी सडकमा विनियोजन गरेका स्थानीय तहले अहिले डोजर चलाएर सडक त बनाए, तर वर्षा शुरु नहुँदै सडकले खोल्सीको रुप लिएका छन्।
वर्षा शुरु भएपछि अहिले सदरमुकामबाट गाउँसम्म सवारी चढेर पुग्नसक्ने अवस्था छैन। आफ्नै सवारीसाधन हुनेहरुसमेत सदरमुकाममा सवारी राखेर हिँडेर जान रुचाउँछन् गाउँसम्म। सडकमा गरिएको लगानी सधैँ अनुत्पादक रहेको आफूले पहिलो वर्षको कामबाटै सिकेको म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे बताउँछन्।
उनी भन्छन्, “कामले काम सिकाउँछ, अहिले सडकमा लगानी गरियो, तर प्रतिफल धेरै देखिएनँ, अब सडक कम प्राथमिकतामा पर्छ।” उनले सडकभन्दा सामाजिक र आर्थिक विकास क्षेत्रमा बढी खर्च गरेर पूर्वाधारलाई पनि सँगसँगै विकास गर्नुपर्ने खाँचो रहेको बताए। रासस
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...











