युवा संघ र वाइसिएललाई लाग्यो अंकुश, एकीकरणबाहेकका काम गर्न बन्देज
काठमाडौँ, १ असार । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल) को एकीकरणका लागि दुवै संगठनका आगामी कार्यक्रम स्थगित गरिएको छ ।
दुवै संगठनका कार्यक्रम स्थगित भएपछि अब दैनिक कार्यक्रम, सांगठनिक प्रशासनिक तथा राजनीतिक गतिविधि गर्न नपाइने तर यसअघि संगठन एकीकरणका लागि पार्टीले गठन गरेको कार्यदलले भने अब संगठनका कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।
पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) रहेको कार्यदल गठन गरेको थियो । सोही कार्यदलले दुवै संगठनका प्रतिनिधि समेटेर नयाँ समूह गठन गर्ने र त्यसले एकीकरणका लागि थप गृहकार्य गर्ने युवा संघ नेपालका महासचिव नरेश शाहीले जानकारी दिए ।
संगठनलाई तल्लो तहदेखि नै शक्ति सन्तुलनको सिद्धान्तमा अगाडि बढाइने भएको छ । पार्टीले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने निर्णय गरेपछि देशभरका जनवर्गीय संगठनले पनि सोही विषयलाई सैद्धान्तिक तथा वैचारिक दृष्टिकोण बनाउने भएका छन् ।
तल्लो तहमा नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने, शक्ति पृथकीकरणको अभ्यास गरी कार्यविधि तयार गर्ने र युवाबीच लोकप्रिय कार्यक्रम लैजाने दुवै संगठनमा समझदारी भएको एकीकरणका लागि गठन गरिएको विधान तथा संगठन मस्यौदा समितिले जनाएको छ ।
विधान र संगठन कस्तो निर्माण गर्ने, कस्तो सांगठनिक संरचना तयार गर्ने, संगठनलाई कसरी युवामैत्री बनाउने, संगठनको विधि र प्रक्रिया के हुनेलगायत विषयमा प्रतिवेदन तयार हुने क्रममा छ । दुई पार्टी एकीकरण भएपछि जनवर्गीय संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने भनिएकाले त्यसका लागि आवश्यक समन्वय र सहकार्य भइरहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...











