पत्रकार बुखारीको शवयात्रामा हजारौँको सहभागिता
श्रीनगर, भारत, १ असार । भारत अधिनस्थ कश्मिरमा बिहीबार मारिएका एकजना सम्पादकको शवयात्रामा हजारौँको सहभागिता भएको छ ।
काश्मिरका पत्रकार सुजत बुखारीको बिहीबार साँझ श्रीनगरमै गोलीहानी हत्या गरिएको थियो । उnको हत्या आतङ्ककारीले गरेको अधिाकारीहरुले जनाएका छन् ।
उनी श्रीनगरका एकजना वरिष्ठ पत्रकार हुन् । अङ्ग्रेजी भाषाको पत्रिका राइजिङ काश्मिर दैनिकका सम्पादक बुखारीको हत्याको कारण खुलेको छैन । कुनै समूहले सो हत्याको जिम्मेवारी पनि लिएको छैन ।
उनलाई बिहीबार साँझ आफ्ना दुई जना सुरक्षा गार्डसहित रहेको बेला गोली हानेका थिए । गोली लागेका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
गोली लागेका उनका दुई जना सुरक्षा गार्डको पनि बाटोमै निधन भएको थियो ।
उनको शवयात्रा शुक्रबार बिहान श्रीनगरको एक स्थानीय अस्तालबाट सुरु भएको थियो । त्यस क्रममा हजारौँ स्थानीय सहभागी भएका थिए ।
उनी काश्मिरमा शान्तिका लागि पहल गर्ने एकजना व्यक्ति हुन् । तर अतिवादीहरुले उनको भूमिकाको आलोचना गर्ने गर्दथे ।
उनलाई बिगतमा पनि पटक पटक आक्रमणको प्रयास गरेको बताइएको थियो । सोही कारण उहाँलाई स्थानीय सरकारले नै अङ्गरक्षक प्रहरी दिएको थियो ।
उनले गत वर्ष दुबइमा भारतीय सरकारको नै प्रतिनिधित्व गरेर काश्मिरका विषयमा पाकिस्तानसँग वार्ता गरेका थिए । उनी ५० वर्षका हुन् ।
उनको निधनको भारतका विभिन्न अधिकारवादी संघसंस्था तथा पत्रकारले विरोध गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारबाहीको पनि माग गरेका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











