चार जना लिबियाली सैनिकको मृत्यु
त्रिपोली, ३ असार । लिबियाको पूर्वीसहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले आइतबार जानकारी दिएको छ ।
शनिबार साँझ दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीले हमला गरेका थिए । सैनिक गस्तीका क्रममा भएको यस हमलाका क्रममा ती सैनिक मारिएका छन् ।
यस झडपको क्रममा अन्य कैयौँ व्यक्ति घाइते भएको सैनिक स्रोतले जानकारी दिएको छ । हाल झडप जारी नभएको भएपनि सैनिक बलतर्फ ठूलो क्षति भएको स्रोतले जानकारी दिएको छ ।
गत बिहीबार पनि दार्नामा नै अतिवादी समूह र लिबियाली सैनिकबीच भएको झडपको क्रममा कम्तीमा चार सैनिकको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका थिए ।
उक्त क्षेत्रमा पछिल्लो समयमा सेनाले कडा मात्रामा गस्ती गर्ने गरेको तर विद्रोहीले भने सेनामाथि नै आतङ्ककारी हमला गर्ने गरेका छन् ।
राष्ट्रसंघीय दूत यमनमा
यसैबीच प्राप्त एक समाचारअनुसार संयुक्त राष्ट्रसंघका एकजना विशेष दूत आइतबार यमन पुगेको समाचार छ ।
यमनका लागि तोकिएका विशेषदूत मार्टिन ग्रफ्थ आइतबार यमनको राजधानी साना पुग्नुभएको बताइएको छ ।
उहाँ यो जुन महिना मै दोस्रो पटक साना पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पहल गर्न त्यहाँ पुगेको अनुमान गरिएको छ ।
विशेषदूत मार्टिनले पनि आफूले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियाका लागि वार्तामा ल्याउन पहल गर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











