कोरिया वर्ल्ड ट्राभल फेयरमा ‘वेष्ट बोथ अप्रेसनल’ अवार्ड नेपाललाई
काठमाडौँ, ४ असार । तेत्तीसाैँ कोरिया वर्ल्ड ट्राभल फेयरमा नेपाललले वेष्ट बोथ अप्रेसनल अवार्ड जितेको छ ।
दक्षिण कोरियाको राजधानी सिओलस्थित कोइक्स सम्मेलन तथा प्रदर्शनी केन्द्रमा यही जेठ ३१ गतेदेखि असार ३ गतेसम्म आयोजना भएको मेलामा उत्कृष्ट पेभिलेन्स प्रदर्शनीबापत उक्त अवार्ड पाएको नेपाल पर्यटन बोर्डले आज एक विज्ञप्ति मार्फत जनाएको छ ।
मेलामा पर्यटन बोर्डको नेतृत्वमा निजी क्षेत्रका विभिन्न पाँच कम्पनीले सहभागिता जनाएका थिए । पर्यटनको क्षेत्रमा नेपाल उपयुक्त गन्तब्य हो भन्ने कोरियन बजारमा स्पष्ट देखिने गरी प्रवद्र्धन गर्न मेला उपयोगी भएको बोर्डले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरको ठूलो मेला मानिने कोरिया वल्र्ड फेयरमा ५० भन्दा बढी देश र ५० आन्तरिक कम्पनीले सहभागिता जनाई आ–आफ्ना पर्यटकीय उत्पादन र गन्तब्यबारे प्रदर्शन तथा प्रवद्र्धनको अवसर मिलेको थियो । मेलाले एक–अर्का देशको व्यापार प्रवद्र्धन र सम्बन्ध विस्तारमा सहयोग पुगेको बताइएको छ ।
दक्षिण कोरियाको ५० प्रतिशत नागरिकले बुद्ध धर्म मान्छन् । उनीहरु नेपाललाई भगवान गौतमबुद्धको जन्मस्थल तथा महत्वपूर्ण धार्मिक गन्तव्य मान्छन् । कोरियाली नागरिक प्रायः लुम्बिनी, पोखरा, अन्नपूर्ण पद्यात्रा र सगरमाथा क्षेत्रमा घुम्न आउने गरेका छन् ।
नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ देखि कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्ध रहदै आएको छ । उनीहरु वार्षिक ठूलो संख्यामा नेपाल भ्रमणमा आउने गरेका छन्, भने कोरियामा रोजगारीमा जाने नेपालीको संख्या पनि बढ्दै गएको छ । यसले दुई देशबाीचको सांस्कृतिक निकटता बढाएको छ । सन् २०१७ मा १० लाखको हाराहारिमा विदेशी पर्यटक नेपाल आए । यि मध्ये ३४ हजार ३०१ कोरियन पर्यटक थिए ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












