न्यायिक समितिका संयोजकका लागि दुई दिने अभिमुखीकरण
पोखरा, ५ असार। प्रदेश नं– ४ भित्रका स्थानीय तहका न्यायिक समिति संयोजकका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यशाला आजदेखि पोखरामा शुरु भएको छ ।
स्थानीय तहमा न्यायिक समितिको प्रभावकारिता अभिवृद्धिका साथै जनताले सामाजिक न्यायका क्षेत्रमा गरेका अपेक्षालाई पूरा गराउन सहयोग पु¥याउने उद्देश्यका साथ कार्याशाला आयोजना गरिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले सर्वसाधारणलाई सामाजिक न्यायको प्रत्याभूति हुनु आवश्यक भएको बताउँदै कुनैपनि व्यक्तिले आफू उत्पीडित बनेको महसुस नगर्ने वातावरण तयार गर्नुपर्ने बताए ।
संघीय व्यवस्था अनुसार तीन तहको सरकार भएको बताउँदै उनले व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका सहितको व्यवस्था अहिले अभ्यासका क्रममा रहेको उल्लेख गरे ।आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलका अनुसार प्रदेशभित्रका ८५ वटा स्थानीय तहका न्याययिक समितिका संयोजकको कार्याशालामा सहभागिता छ ।
दुई दिने कार्यशालामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धर्मराज कुइँकेल, जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिवक्ता हरिप्रसाद पण्डितले मेलमिलापका चरण एवं अभ्यास, जिल्ला अदालत र स्थानीय निकायबीच समन्वय, न्यायिक समितिका काम कर्तव्य अधिकार लगायतका विषयमा प्रशिक्षण दिनेछन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












