चीन-उत्तर कोरिया सम्बन्धलाई अन्तराष्ट्रिय अवस्थाले कुनै असर गर्दैनः राष्ट्रपति सी जिङपिङ
काठमाडाैं ६, असार । चीन र उत्तर कोरियाको सम्बन्धका बारेमा विभिन्न अड्कल बाजीहरु हुने गरे पनि अहिले आएर दुबै देशका नेताहरुले विश्वसामू एउटा गतिलो सन्देश दिएका छन्। त्यो हो हामी विश्वका जुनसुकै अप्ठेरामा पनि सहयोगी बन्ने छाैं ।
चिनका राष्ट्रपति सी जिङपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्ताको विकासक्रमले अहिले विश्वलाई एक प्रकारको छुट्टै सन्देश दिन खोजेको छ भने यसले विश्व शान्तिको लागि काम गर्ने समेत जनाइएको छ ।
चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार भेटवार्ताका क्रममा दुवै नेताहरुले दुवै देशको सम्बन्धलाई रक्षा गर्दै थप विकास र परिस्कृत गर्दै लैजान सहमत भएका छन्। कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका लागि एकआपसमा साझेदरी गर्दै विश्व र क्षेत्रीय शान्ति, स्थायित्व, समृद्धि र विकासका लागि एक भएर अगाडि बढ्ने सहमति भएको समाचारमा उल्लेख छ। चिनियाँ राष्ट्रपति सीले ‘अध्यक्ष कमरेड’ (किम) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा सम्पन्न शिखर वार्ताले सकरात्मक नतिजा ल्याएकोमा खुशी व्यक्त गर्दै कोरियाली प्रायद्वीप्मा स्थायी शान्ति कायम हुने विश्वास व्यक्त गरेका छन् ।
‘चीनले शिखर सम्मेलनलाई जोड दिएको छ,’ किमको सम्मानमा सीले भने, ‘कमरेड अध्यक्षको चीन भ्रमणले दुई पार्टी र दुई देशबीचको रणनीतिक सम्बन्ध र विशेष महत्त्वलाई प्रष्ट पारेको छ ।’
पछिल्लो तीन महिनाको अन्तरालमा चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेताबीच तीन पटक भेटवार्ता भएको छ ।
‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार चीन–उत्तर कोरियाली सम्बन्धलाई महत्व राख्दै मैत्रीपूर्ण साझेदारीलाई अगाडि बढाउन चाहन्छ,’ भेटवार्ताका क्रममा सीले भनेका छन्, ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अवस्थामा परिवर्तन आए पनि सीपीसी र चिनियाँ सरकार उत्तर कोरियासँगको सम्बन्धलाई मजबुद बनाउन चाहन्छ। यसले दुई देशबीचको सम्बन्ध, चिनियाँ जनता र उत्तर कोरियाली जनताबीचको सम्बनधका साथै समाजवादी उत्तर कोरियालाई सहयोग गर्ने चिनियाँ नीतिमा परिवर्तन हुने छैन ।’
उनले उत्तर कोरियाले पछिल्लो समय आर्थिक निर्माण तथा विकासमा देखाएको परिवर्तनको सीले स्वागत गरे ।
राष्ट्रपति सीले उत्तर कोरियाको आर्थिक विकास, त्यहाँका जनताको जीवनस्तर सुधारका लागि उत्तर कोरियाली राष्ट्रिय स्वार्थ अनुसार विकासको यात्रमा चीनले सधैँ साथ दिने प्रतिवद्धता समेत व्यक्त गरे ।
वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले चिनियाँ सहयोगका लागि आभार प्रकट गरेका थिए ।
‘दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनका लागि मैले हाम्रा पार्टीका सबै सदस्य तथा उत्तर कोरियाली जनतालाई महासचिव कमरेड र मेराबीचमा भएको समझदारीलाई कार्यान्वयनका लागि निर्देशन दिने छु,’ किमले भने, ‘उत्तर कोरिया कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापनाका चीनसँग मिलेर काम गर्न पाउनेमा विश्वस्त छ। कोरियाली प्रायद्वीपमा अनन्त: शान्तिका लागि दुवै देश मिलेर काम गर्ने छौँ ।’
दुई दिने चीन भ्रमणका लागि मंगलबार चीन आइपुगेका उत्तर कोरियाली नेता किम बुधबार मात्र बेइजिङ आइपुगेका हुन्। उनको सम्मानमा चिनियाँ राष्ट्रपति सीले ग्रेट हल अफ पिपलको नर्थ हलमा सम्मान कार्यक्रम आयोजना गरेका थिए। भेटवार्तापछि राष्ट्रपति सी र प्रथम महिला पेङ ल्युयानले संयुक्त रुपमा किम र उनकी पत्नी री सोल जुको सम्मानमा दिवाभोज आयोजना गरेका थिए। लगत्तै उनीहरुले त्यहाँ सांस्कृति कार्यक्रम आयोजना गरेका थिए ।
भेटवार्ताका क्रममा चिनियाँ प्रधानमन्त्री ली कछ्याङ, उपराष्ट्रपति वाङ किसान पोलिट व्यूरो सदस्य दिङ स्वीसिङलगायतका सदस्यहरु उपस्थित थिए ।
उत्तर कोरियाबाट नेता किमसँगै वर्कर पार्टीका उपाध्यक्ष चोइ रियोङ हेइ, प्रधानमन्त्री पार्क पोङ जु, वर्कर पार्टीका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय विभागका निर्देशक रि सु योङ, शिक्षामन्त्री पाक थाई सङ, जनसेना मन्त्री नो क्वाङ चोल, परराष्ट्रमन्त्री रि योङ हो लगायत बेइजिङ पुगेका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












