चीन-उत्तर कोरिया सम्बन्धलाई अन्तराष्ट्रिय अवस्थाले कुनै असर गर्दैनः राष्ट्रपति सी जिङपिङ
काठमाडाैं ६, असार । चीन र उत्तर कोरियाको सम्बन्धका बारेमा विभिन्न अड्कल बाजीहरु हुने गरे पनि अहिले आएर दुबै देशका नेताहरुले विश्वसामू एउटा गतिलो सन्देश दिएका छन्। त्यो हो हामी विश्वका जुनसुकै अप्ठेरामा पनि सहयोगी बन्ने छाैं ।
चिनका राष्ट्रपति सी जिङपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्ताको विकासक्रमले अहिले विश्वलाई एक प्रकारको छुट्टै सन्देश दिन खोजेको छ भने यसले विश्व शान्तिको लागि काम गर्ने समेत जनाइएको छ ।
चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार भेटवार्ताका क्रममा दुवै नेताहरुले दुवै देशको सम्बन्धलाई रक्षा गर्दै थप विकास र परिस्कृत गर्दै लैजान सहमत भएका छन्। कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका लागि एकआपसमा साझेदरी गर्दै विश्व र क्षेत्रीय शान्ति, स्थायित्व, समृद्धि र विकासका लागि एक भएर अगाडि बढ्ने सहमति भएको समाचारमा उल्लेख छ। चिनियाँ राष्ट्रपति सीले ‘अध्यक्ष कमरेड’ (किम) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा सम्पन्न शिखर वार्ताले सकरात्मक नतिजा ल्याएकोमा खुशी व्यक्त गर्दै कोरियाली प्रायद्वीप्मा स्थायी शान्ति कायम हुने विश्वास व्यक्त गरेका छन् ।
‘चीनले शिखर सम्मेलनलाई जोड दिएको छ,’ किमको सम्मानमा सीले भने, ‘कमरेड अध्यक्षको चीन भ्रमणले दुई पार्टी र दुई देशबीचको रणनीतिक सम्बन्ध र विशेष महत्त्वलाई प्रष्ट पारेको छ ।’
पछिल्लो तीन महिनाको अन्तरालमा चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेताबीच तीन पटक भेटवार्ता भएको छ ।
‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार चीन–उत्तर कोरियाली सम्बन्धलाई महत्व राख्दै मैत्रीपूर्ण साझेदारीलाई अगाडि बढाउन चाहन्छ,’ भेटवार्ताका क्रममा सीले भनेका छन्, ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अवस्थामा परिवर्तन आए पनि सीपीसी र चिनियाँ सरकार उत्तर कोरियासँगको सम्बन्धलाई मजबुद बनाउन चाहन्छ। यसले दुई देशबीचको सम्बन्ध, चिनियाँ जनता र उत्तर कोरियाली जनताबीचको सम्बनधका साथै समाजवादी उत्तर कोरियालाई सहयोग गर्ने चिनियाँ नीतिमा परिवर्तन हुने छैन ।’
उनले उत्तर कोरियाले पछिल्लो समय आर्थिक निर्माण तथा विकासमा देखाएको परिवर्तनको सीले स्वागत गरे ।
राष्ट्रपति सीले उत्तर कोरियाको आर्थिक विकास, त्यहाँका जनताको जीवनस्तर सुधारका लागि उत्तर कोरियाली राष्ट्रिय स्वार्थ अनुसार विकासको यात्रमा चीनले सधैँ साथ दिने प्रतिवद्धता समेत व्यक्त गरे ।
वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले चिनियाँ सहयोगका लागि आभार प्रकट गरेका थिए ।
‘दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनका लागि मैले हाम्रा पार्टीका सबै सदस्य तथा उत्तर कोरियाली जनतालाई महासचिव कमरेड र मेराबीचमा भएको समझदारीलाई कार्यान्वयनका लागि निर्देशन दिने छु,’ किमले भने, ‘उत्तर कोरिया कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापनाका चीनसँग मिलेर काम गर्न पाउनेमा विश्वस्त छ। कोरियाली प्रायद्वीपमा अनन्त: शान्तिका लागि दुवै देश मिलेर काम गर्ने छौँ ।’
दुई दिने चीन भ्रमणका लागि मंगलबार चीन आइपुगेका उत्तर कोरियाली नेता किम बुधबार मात्र बेइजिङ आइपुगेका हुन्। उनको सम्मानमा चिनियाँ राष्ट्रपति सीले ग्रेट हल अफ पिपलको नर्थ हलमा सम्मान कार्यक्रम आयोजना गरेका थिए। भेटवार्तापछि राष्ट्रपति सी र प्रथम महिला पेङ ल्युयानले संयुक्त रुपमा किम र उनकी पत्नी री सोल जुको सम्मानमा दिवाभोज आयोजना गरेका थिए। लगत्तै उनीहरुले त्यहाँ सांस्कृति कार्यक्रम आयोजना गरेका थिए ।
भेटवार्ताका क्रममा चिनियाँ प्रधानमन्त्री ली कछ्याङ, उपराष्ट्रपति वाङ किसान पोलिट व्यूरो सदस्य दिङ स्वीसिङलगायतका सदस्यहरु उपस्थित थिए ।
उत्तर कोरियाबाट नेता किमसँगै वर्कर पार्टीका उपाध्यक्ष चोइ रियोङ हेइ, प्रधानमन्त्री पार्क पोङ जु, वर्कर पार्टीका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय विभागका निर्देशक रि सु योङ, शिक्षामन्त्री पाक थाई सङ, जनसेना मन्त्री नो क्वाङ चोल, परराष्ट्रमन्त्री रि योङ हो लगायत बेइजिङ पुगेका थिए ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...












