आप्रवासी नीति परिवर्तनमा ट्रम्पले गरे हस्ताक्षर, अब परिवारसँगै बस्न पाउने
बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहँदै आएका अवैध आप्रवासीलाई आफ्ना सन्तानबाट अगल नगर्ने आदेशमा हस्ताक्षर गरेका छन्। साथै उनले आप्रवासी परिवारलाई एकैसाथ बस्ने दिने पनि वचन दिएका छन्।
उक्त आदेशमा भनिएको छ, ‘अब अवैध आप्रवासी परिवारलाई एकैसाथ हिरासतमा लिइने छ।’ यद्यपी आमा बुवा हिरासतमा भए बच्चामाथि गलत प्रभाव पर्ने भन्दै उनीहरुलाई भने अलत राखिएको बीसीसीले जनाएको छ।
तर आदेशमा त्यस्ता बच्चालाई आमा बुवाबाट कतिसमय अगल राख्ने भन्ने विषयमा भने केही पनि खुलाइएको छैन। र, ट्रम्पको यो आदेश कहिलेदेखि लागू हुने भन्ने विषयमा पनि केही खुलाइएको छैन। ट्रम्पले आमा बुवाबाट अलत भएका बच्चाको तस्वीर देखेर आफ्नो मन परिवर्तन भएको र त्यही कारण उनीहरुलाई परिवारबाट अलग नगर्ने नीति लिएको बताएका छन्।
उनले आफूलाई पनि परिवारबाट अलग भएको देख्नु राम्रो नलाग्नेब ताएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमती मेलानिया ट्रम्प र छोरी इवाँका ट्रम्प पनि परिवारसँगै बस्ने कुराको समर्थक रहेको बताए।
यसअघि डोनाल्ड ट्रम्पले विपक्षी डेमेक्र्याटिक पार्टीका सदस्यमाथि आफ्नो काममा बाधा उत्पन्न गरेको आरोप लगाएका थिए। उनले आप्रवासीकालागि बनाइएको आफ्नो ‘जीरो टलरेन्स पोलेसी’ को बचाउ पनि गरेका थिए। ट्रम्पले भनेका थिए, ‘युरोपेली देशले लाखौं आप्रवासीलाई शरण दिएर ठूलो गल्ती गरेका छन्।’
विवादित कानुनका अनुसार अमेरिकाको सीमामा अवैध तरिकाबाट प्रवेश गर्नेहरुमाथि आपराधिक मामिला दर्ता गरेर उनीहरुलाई जेलमा पठाइन्थ्यो। यस्ता आप्रवासीलाई उनीहरुका बच्चासँग भेट्न नदिइ अगल राखिन्थ्यो।
यस्ता बच्चाको रेखदेख अमेरिकाको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेज’ ले गर्छ। यसअघि विना कागजात पहिलो पटक अमेरिकी सीमामा प्रवेश गर्ने आप्रवासीलाई अदालतमा बोलाइन्थ्यो। ट्रम्प प्रशासनले अदालतमा उपस्थित हुन आदेश दिए पनि आव्रवासी अदालतमा कहिल्यै उपस्थित नभएकाले सिधै आपराधिक मामिला दर्ता गर्नु पर्ने निमय लागू गर्न परेको जनाएको थियो।
नयाँ कानुनका अनुसार पनि अवैध रुपबाट अमेरिकी सीमा भित्र प्रवेश गर्नेलाई हिरासतमा लिएर जेल पठाउने प्रावधान छ। तर, उनीहरुलाई परिवारबाट अगल भने गरिने छैन। उनीहरुलाई एकैसाथ राखिने छ।
ट्रम्प प्रशासनको आप्रवासी कानुनमाथि विवाद त्यतिबेला बढ्यो जतिबेला जंगीरले बन्द ढोकाभित्र आप्रवासीका बच्चाहरुको तस्तीव संचारमाध्यममा सार्वजनिक भयो। तस्वीर सार्वजनिक भएपछि ती बच्चालाई राख्न बनाएका केन्द्रको तुलना नाजी यातना शिविरसँग गर्न थालियो।
अमेरिकी सरकारको तथ्यांक अनुसार ५ मेदेखि ९ जुनकोबीचमा २ हजार ३४२ आप्रवासी बच्चा आफ्ना आमा बुवाबाट अगल भइसकेका छन्। मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारा कासोले बच्चालाई उनीहरुको परिवारबाट अलग गर्नुलाई ‘क्रुर र अमानवीय’ भनेकी थिइन्।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












