मन्त्री बाँस्कोटाद्वारा सदस्य दुवाडीलाई शपथ
काठमाडौँ, ७ असार। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाएका छन् ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण कार्यक्रमपछि मन्त्री बाँस्कोटाले प्राधिकरण मुलुकको दूरसञ्चार विकासको मस्तिष्क भएको बताउँदै डिजिटल र समृद्ध नेपाल निर्माणमा यसको सक्रियता महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
प्राधिकरणका अध्यक्ष र सदस्यलाई तदारुकताका साथ संस्थाको उद्देश्यअनुसारको काम गर्न निर्देशन दिँदै उनले भने, “सही र राम्रो काम गर्न कसैलाई पर्खनु पर्दैन ।” संस्थाको लक्ष्य हासिल गरेर देशलाई सेवा गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।
उनले भने, “बेथितिहरु आफ्नोतर्फबाट पनि नगरौँ र अन्य सेवा प्रदायकबाट पनि हुन नदिऔँ ।” निजी क्षेत्र पनि सेवा प्रवाह गर्ने कुरामा सरकार जत्तिकै इमान्दार हुनुपर्ने उनकाे धारणा थियो ।
प्राधिकरणमा अध्यक्षसहित पाँच सदस्य रहने कानूनी प्रावधान छ । धादिङ निवासी दुवाडी प्राधिकरणको बजार व्यवस्थापनतर्फको सदस्यमा खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि नियुक्त भएका हुन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












