मन्त्री बाँस्कोटाद्वारा सदस्य दुवाडीलाई शपथ
काठमाडौँ, ७ असार। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाएका छन् ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण कार्यक्रमपछि मन्त्री बाँस्कोटाले प्राधिकरण मुलुकको दूरसञ्चार विकासको मस्तिष्क भएको बताउँदै डिजिटल र समृद्ध नेपाल निर्माणमा यसको सक्रियता महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
प्राधिकरणका अध्यक्ष र सदस्यलाई तदारुकताका साथ संस्थाको उद्देश्यअनुसारको काम गर्न निर्देशन दिँदै उनले भने, “सही र राम्रो काम गर्न कसैलाई पर्खनु पर्दैन ।” संस्थाको लक्ष्य हासिल गरेर देशलाई सेवा गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।
उनले भने, “बेथितिहरु आफ्नोतर्फबाट पनि नगरौँ र अन्य सेवा प्रदायकबाट पनि हुन नदिऔँ ।” निजी क्षेत्र पनि सेवा प्रवाह गर्ने कुरामा सरकार जत्तिकै इमान्दार हुनुपर्ने उनकाे धारणा थियो ।
प्राधिकरणमा अध्यक्षसहित पाँच सदस्य रहने कानूनी प्रावधान छ । धादिङ निवासी दुवाडी प्राधिकरणको बजार व्यवस्थापनतर्फको सदस्यमा खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि नियुक्त भएका हुन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












