सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित
लहान, १० असार । सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित गरेको छ ।
सुखीपुर नगरपालिकाको हिजो सम्पन्न दोस्रो नगरसभाले नगरप्रमुख रामऔतार यादवले प्रस्तुत गरेका ०७५÷७६ का लागि रु ४४ करोड ६ लाख ६० हजारको बजेट सर्वसम्मतले पारित गरेको हो ।
योसँगै आगामी आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्ने सुखीपुर नगरपालिका सम्भवतः प्रदेश नं. २ मा नै सबैभन्दा पहिलो नगरसमेत बनेको हो । सखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ रु १२ करोड चार लाख ९८ हजार र पूँजीगत खर्चतर्फ रु ३२ करोड एक लाख ६२ हजार बजेट पारित गरेको नगरप्रमुख यादवले जानकारी दिए ।
आगामी बजेटलाई सुखीपुर नगरक्षेत्र भित्रको भौतिक पूर्वाधार निर्माण, शैक्षिक तथा स्वास्थ्यमा गुणस्तरीयता तथा सामाजिक विकासमा केन्द्रीत गरिने उनले बताए । यस्तै दोस्रो नगरसभाले स्थानीय तह सञ्चालन गर्न आवश्यक विभिन्न १६ वटा ऐनसमेत पारित गरेको जनाएको छ ।
मोटरसाइकल चोर पक्राउ
आफ्नै साथीको मोटरसाइकल चोरी गरेर फरार रहेका एक युवकलाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।
गत बिहीबार लहानस्थित शहीद चोकदेखि ५० मिटर उत्तरबाट चोरी भएको लहान नगरपालिका– ८ निवासी जयप्रकाश महतोको स ९ प ८५७२ नं को रातो, कालो रंग भएको २२० सिसीको पल्सर मोटरसाइकलसहित प्रहरीले महतोकै साथी लहान नगरपालिका १३ निवासी २३ वर्षीय अशेश्वरप्रसाद यादवलाई सिरहा वरियारपट्टिबाट पक्राउ गरेको हो ।
यसैगरी सोही क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको स ३ प ५२२८ नं को मोटरसाइकल समेत फेला पारेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












