मेक्सिकोको सीमा क्षेत्रमा दोहोरो गोली हानाहानमा १४ को मृत्यु
सिउडाड जुएरेज, मेक्सिको, १० असार । मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड भएको बताइएको छ ।
तीमध्ये शहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा छ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विश्वकप फुटवल प्रतियोगिता हेर्न जम्मा भएका आठ जनामाथि गोली प्रहार हुँदा छ जनाको मृत्यु भएको र दुइजना घाइते भएका हुन् ।
उनीहरुलाई हतियारधारी समूहले गोली प्रहार गरेको सुरक्षा अधिकारीले बताएका छन् । त्यही समयमा छिमेकी अर्को ठाउँमा पनि फुटवल हेर्नकै लागि एउटा सैलुनमा भेला भएका अरु पाँच जना पनि मारिएका छन् । निलो भ्यानमा आएका व्यक्तिले उनीहरुलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
शनिबार विहानै अरु तीन जनालाई छिमेकीको एउटा भोजबाट निकालेर बन्दुकधारीले हत्या गरेका थिए । यस सहरमा यो एक महिनामा मात्रै १२८ जना मारिएका छन् ।
सरकारले सन् २००६ मा लागूऔषध विरुद्धको विवादास्पद कानुन जारी गरेपछि झण्डै दुई लाख जना मारिएका छन् ।
सरकारी अधिकारीले ती मारिएकामध्ये कतिजना योजनाबद्धरुपमा आपराधिक क्रियाकलापमा संलग्न थिए भन्ने बारेमा यकिन नभएको बताएका छन् । रासस÷एएफपी
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












