आणविक सम्झौता भङ्ग ‘खतरनाक’ : इरानी विदेशमन्त्री
तेहरान, इरान, १० असार । इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले अमेरिकाले सम्झौताबाट बाहिरिएपछि आणविक सम्झौतालाई जोगाउन असफल भएमा यो तेहरानका लागि निकै घातक हुने बताएका छन् ।
संयुक्त राज्य अमेरिकाले गत मे महिनामा आफू सन् २०१५ मा इरानसँग विश्व शक्ति राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, चीन र रूसले गरेको आणविक सम्झौतालाई नमान्ने घोषणा गरेको थियो । सम्झौता भङ्ग भएर इरानमाथि पुन : आर्थिक नाकावन्दी भएमा यसले इस्लामिक गणतान्त्रिक इरानसँग व्यापार साझेदारी रहेका मुलुकसँगको कारोबारलाईं प्रभावित बनाउने छ ।
यद्यपि सम्झौताका हस्ताक्षरकर्तामध्ये अमेरिका बाहेकका अन्य मुलुक सम्झौताबाट फिर्ता नहुने प्रतिवद्धता जनाइसकेका छन् तर उनीहरू अमेरिकाबाट जरिवाना लगाउने र विश्वास गुम्ने भयका कारण इरानबाट बाहिरिने कम्पनीलाई रोक्ने सन्दर्भमा शक्तिहीन देखिएका छन् ।
“आणविक सम्झौता असफल भएमा यो हाम्रा लागि निकै खतरापूर्ण हुनेछ,” इरानी विदेशमन्त्री जरिफले इरानको च्याम्बर अफ कमर्सलाई भनेका उद्धृत गर्दै आधिकारिक समाचार संस्था आइआरएनएले जनाएको छ ।
इरानमा कार्यरत कतिपय व्यवसायिक कम्पनीहरू अमेरिकाले सम्झौताबाट बाहिरिने घोषणासँगै आफ्ना गतिविधिमा सुस्ताउदै बाहिरिन थालिसकेका छन् । यसैगरी गत वर्षको सेप्टेम्बरपछि अहिलेसम्म रियलको मूल्यमा अमेरिकी डलरसँग ४७ प्रतिशत गिरावट आइसकेको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












