माछापुच्छ्रेको बजेट ४५ करोड
पोखरा, ११ असार । कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ ।
‘माछापुच्छ्र गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी दवाडीले बजेट सार्वजनिक गरे ।
चालू खर्चतर्फ रु २८ करोड ३७ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ रु नौ करोड ५३ लाख २९ हजार, आर्थिक विकासतर्फ रु एक करोड ५५ लाख, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु २५ लाख तथा सुशासन, संस्थागत विकास र सेवा प्रवाहतर्फ रु तीन करोड ५८ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।
सडक सञ्जाल निर्माण र स्तरोन्नतिका लागि रु आठ करोड १८ लाख छुट्याइएको छ । सिँचाइ कुलो निर्माण तथा मर्मत सुधार गरी कृषि उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्न रु एक करोड ३३ लाख ५० हजार विनियोजन गरिएको छ । सुशासन तथा संस्थागत सुधारसँगै संरचनागत विकासका लागि रु एक करोड ७८ लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष गुरुङले माछापुच्छ हिमाल आरोहण खुला गर्न सम्बद्ध निकायसँग छलफल गरी पहल गरिने बताउनुभयो । उनले पदयात्रा पर्यटनको विकासका साथै बञ्जीजम्प, क्यानोनिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ, रक क्लाइम्बिङ, पर्वतारोहणजस्ता साहसिक खेलको विकासका लागि पूर्वाधार निर्माणमा ध्यान दिइने बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












