माछापुच्छ्रेको बजेट ४५ करोड
पोखरा, ११ असार । कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ ।
‘माछापुच्छ्र गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष कृष्णकुमारी दवाडीले बजेट सार्वजनिक गरे ।
चालू खर्चतर्फ रु २८ करोड ३७ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ रु नौ करोड ५३ लाख २९ हजार, आर्थिक विकासतर्फ रु एक करोड ५५ लाख, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु २५ लाख तथा सुशासन, संस्थागत विकास र सेवा प्रवाहतर्फ रु तीन करोड ५८ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।
सडक सञ्जाल निर्माण र स्तरोन्नतिका लागि रु आठ करोड १८ लाख छुट्याइएको छ । सिँचाइ कुलो निर्माण तथा मर्मत सुधार गरी कृषि उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्न रु एक करोड ३३ लाख ५० हजार विनियोजन गरिएको छ । सुशासन तथा संस्थागत सुधारसँगै संरचनागत विकासका लागि रु एक करोड ७८ लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष गुरुङले माछापुच्छ हिमाल आरोहण खुला गर्न सम्बद्ध निकायसँग छलफल गरी पहल गरिने बताउनुभयो । उनले पदयात्रा पर्यटनको विकासका साथै बञ्जीजम्प, क्यानोनिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, हनी हन्टिङ, रक क्लाइम्बिङ, पर्वतारोहणजस्ता साहसिक खेलको विकासका लागि पूर्वाधार निर्माणमा ध्यान दिइने बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












