जनता बैंक नेपाल लिमिटेडले एक शाखा र ६ शाखा रहित बैकिङ्ग सेबाबाट कारोवार संचालन गर्दै
काठमाडां,१२ असार । जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा एक नयाँ शाखा र ६ शाखा रहित बैंकिङ्गबाट कारोवार शुभारम्भ गरेको छ ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. ५, थलहमा नयाँ शाखा खोलिएको हो । यसैगरी बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार सुरु गरिएको हो भने दार्चुलाको काँडापारीबाट यही आसार १४ गते देखि शाखा रहित बैंकिङ्ग कारोवार सुरु हुनेछ । थप १ स्थानमा भने यहि आसार १४ गतेबाट शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ गर्दैछ ।
थप शाखा सञ्जाल समेत गरी जनता बैंकले देश भरीबाट ११९ शाखा ४७ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गर्दै अाएकाे छ।
निक्षेप बिमा योजना :
साथै सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्य सहित जनता बैंक नेपाल लिमिटेडको रु. १० लाख सम्मको दुर्घटना बिमा र बार्षिक रु. १ लाख सम्मको औषधी उपचार सुविधा सहित आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा रहेको छ । यस योजना मार्फत ग्राहकहरुले उच्च प्रतिफल सहितको निक्षेप योजनामा सहभागी भई स्वास्थ्य उपचार सेवा समेत प्राप्त गर्न सक्नेछन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












