नारायणी नदीमा डल्फिनको बच्चा देखियो, घडियाल गोहीका २११ बच्चा कोरलिए
चितवन, १३ असार । नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो ।
यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उनले बताए ।
नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्दछ । यो नदीमा डल्फिन देख्नुलाई दुलर्भ मानिन्छ । नदीमा घडियाल गोहीको अनुगमनका क्रममा डल्फिनको बच्चा देखिएको भए पनि तस्बीर लिन भने नसकिएको खड्काले बताए ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले सो क्षेत्रमा यसअघि पनि एक जोडी डल्फिन देखिँदै आएकामा त्यही जोडीबाट बच्चा जन्मिएको हुन सक्ने बताए । नदीमा डल्फिनको संख्या थपिदै गएमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास उनको छ ।
संकटापन्न अवस्थामा रहेको घडियाल गोहीका लागि नारायणी नदी राम्रो बासस्थान मानिन्छ ।
घडियाल गोहीका २११ बच्चा कोरलिए
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन् केन्द्रमा यस वर्ष २११ वटा बच्चा कोरलिएका छन् ।
नारायणी र राप्ती नदीमा संकलन गरिएको गोहीको अण्डा र प्रजनन् केन्द्रमा गोहीले पारेको अण्डाबाट ती बच्चा कोरलिएका हुन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीमा सात वटा गुँडबाट संकलन गरिएको २३५ वटा अण्डाबाट ११८ वटा बच्चा र नारायणी नदीमा दुई गुँडबाट संकलन गरिएका ८२ वटा अण्डाबाट ४६ वटा बच्चा कोरलेका हुन् । प्रजनन् केन्द्रमा गोहीले पारेका अण्डाबाट ४७ वटा बच्चा कोरलिएका हुन् ।
निकुञ्जले गएको वैशाखमा गोहीको अण्डा नदीबाट संकलन गरेको थियो । सो क्रममा राप्तीमा तीनवटा र नारायणीमा पाँचवटा गँुड छाडिएको थियो । सहायक संरक्षण अधिकृत खड्काका अनुसार ती गुडँमध्ये राप्तिमा एउटा गुँड पानीले बगाएको र अन्य दुईवटा गुँडबाट बच्चा कोरलिएका छन् । नारायणी नदीमा एक गुँडबाट बच्चा कोरलिएको, एक गुँड पानीले बगाएको र तीन गुडमा बच्चा कोरल्न बाँकी रहेको उनले बताए।
प्रजनन् केन्द्रमा पाँचवटा गुँड रहेकामा दुईवटा गुँडबाट बच्चा कोरलिएको भए पनि अन्य तीन गुँडका अण्डा भने बिग्रिएको सहायक संरक्षण अधिकृत खड्काले बताए ।
गोहीको बच्चा हुर्काउन निकै कठिन हुने गर्दछ । विगतको अनुभवलाई हेर्दा हाल कोरलिएका बच्चामध्ये १०० हाराहारी बचाउन सकिने उहाँको भनाइ छ । गत वर्ष पनि यसै हाराहारीमा बच्चा बचेका थिए । हाल प्रजनन् केन्द्रमा ५२० गोही रहेका छन् ।
यस वर्ष ११९ वटा गोहीका बच्चा हुर्काएर राप्ती नदीमा छाडिएको छ । हालसम्म राप्ती, नारायणी, कालिगण्डकी, कोशी, बबई र कणाली नदीमा एक हजार ३६५ वटा गोही छाडिसकिएको छ । सहायक संरक्षण अधिकृत खड्काका अनुसार पछिल्लो गणनाअनुसार ती नदीमा हाल १९८ गोही मात्र बाँकी रहेका छन् । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ रहेका छन् ।
सन् १९७८ मा कसरामा घडीयाल प्रजनन् केन्द्र शुरु गरिएको हो । संकटापन्न अवस्थामा रहेको गोही हराउँदै गएपछि नदीमा अण्डा संकलन गरि बच्चा कोरलेर यो प्रजनन् केन्द्र सुरु गरिएको हो । नदिमा छाडिएका गोही बाढीसँगै भारत पुग्ने तथा नदीमा ठूला जालमा परेर र प्रदूषणका कारण पनि रोगी भएर मर्ने गरेकाजस्ता समस्याका कारण गोही लोप हुँदै गएका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












