बाढीमा फसेका बालबालिकालाई अझै निकाल्न सकिएन
बैंकक, १३ असार । अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका बालबालिकालाई बुधबार पनि निकाल्न सकिएको छैन ।
उनीहरु गएको शनिबारदेखि खोला किनारभन्दा केही माथि रहेको गुफामा फसेका छन् । फुटबल खेल्न गएका १२ जना बालबालिका भारी वर्षाका कारण खोला बढेपछि घर फर्किन सकेका छैनन् ।
निकै अप्ठेरो ठाउँमा उनीहरु फसिरहेका छन् । उनीहरुको उद्दार कार्य जारी नै रहेको छ तर अविरल वाढीका कारण यो सम्भव हुन सकिरहेको छैन ।
उद्दार कार्य बुधबार पनि जारी रहेको अधिकारीहरु बताउँछन् । तर परिणाम आज पनि निराशाजनक भएको उद्दारमा खटिएका अधिकारीहरुले बताएका छन् ।
अर्काे गाउँमा फुटबल हेर्न पुगेका ती बालबालिका साँझ घर फर्किने बेलामा घनघोर वर्षा भयो र बाढी आयो । त्यसपछि उनीहरु एक गुफामा छिरेका स्थानीय अधिकारीहरुको भनाई छ ।
उनीहरु भन्छन्– उद्दारको लागि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ तर मौसमले साथ दिएको छैन ।
म्यानमारको सीमा नजिकैको एउटा एकान्त स्थलमा रहेको यस गुफामा भारी वर्षापछि उनीहरूलाई उद्वारै गर्न नसक्नेगरी बाढी आएको अनुमान गरिएको छ ।
फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ । उनीहरुलाई डुङ्गाको सहायताले खानेकुराहरु दिइएको छ ।
बुधबार बिहान पनि सयौँ स्थानीय र ती बालबालिकाका आफन्तले वर्षा र बाढी घट्ने प्रतिक्षा गरेर त्यो गुफाको परिपट्टि पुगेर प्रार्थना गरेका छन् ।
तिनका आफन्त र अभिभावकले अकासतिर हेर्दै वर्षा कम होस् भन्ने कामना गरिरहेका बताइएको छ । ती दृश्यहरु स्थानीय टेलिभिजन च्यानलले देखाएका छन् ।
उनीहरुले ती बालबालिकाको सकुसल उद्दारका लागि भगवानसँग प्रार्थना गरिरहेका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












