असार २८ गते एक जोडी गैँडा चीन पठाइने, कसरी लगिदै छ त गैँडालाई चीन ?
चितवन, १४ असार । नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो ।
राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ अर्थात् असार २८ गते गैँडा पठाउने तयारी गरिएको छ । गैँडा पठाउनका लागि खोर निर्माण भइसकेको छ । खोरको बाहिरी भागमा फलाम र भित्री भागमा काठको फल्याक राखिएको छ ।
चिनियाँ टोलीले काठलाई सिजनिङ गर्नुपर्ने जनाएपछि त्यसको तयारी गरिएको छ । गैँडा लैजानका लागि तीन मिटर लम्बाइ, एक दशमलब नौ मिटर उचाइ र एक दशमलब ४५ मिटर चौडाइका चारवटा खोर बनाइएका छन् । नट कसिएको हुँदा खोर भत्काएर काठलाई सिजनिङ गर्न सकिनेछ ।
चीनको साइटिस म्यानेजमेन्ट अथोरेटीका सहायक निर्देशक लिउ टिवाङ्को नेतृत्वको टोली यहाँ आइपुगेको हो । टोलीले सौराहामा पिट बुमामा राखिएको गैँडाको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिँदैछ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार टोलीले लैजाने तयारीमा राखिएको गैँडाको सम्पूर्ण अवस्थाका बारेमा जानकारी लिए सँगै निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । चीन लैजान बुमामा राखिएका गैँडालाई कसरी प्रभावकारी ढङ्गबाट लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल गरिँदैछ ।
ती गैँडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गते भएको चीन भ्रमणको बेला पठाउने तयारी गरिएको भए पनि चिनियाँ टोलीको तयारीको अभावमा पठाउन सकिएको थिएन । अर्काे एक जोडीको नामाकरण गरिएको छैन । नामाकरण गरिएका गैँडालाई असार २८ गते र अर्काे एक जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाउने तयारी गरिएको हो ।
दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिनुभएको थियो । सोही अनुरुप अहिले गैँडा पठाउन लागिएको हो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












